Khadya Bibhag

नेपालको राजनीति उद्योगमा रुपान्तर भएको यादवको आरोप

सप्तरी कात्तिक १९ गते । जनता समाजवादी पार्टी नेपालका नेता एवं प्रदेश २ का प्रदेशसभा सदस्य बिक्की यादवले पार्टीका शीर्ष नेताहरुले राजनीतिकलाई उद्योगमा रुपान्तरण गरेको आरोप लगाउनु भएको छ ।

आफ्नो आधिकारी फेसबुकमा आज आफ्नो विचार राख्दै प्रदेशसभा सदस्य यादवले नेपालको राष्ट्रिय राजनीतिमा पटकपटक आन्दोलन र क्रान्तिको अनुभव गरे पनि राजनीतिकको नदिशा र संस्कृति फेरियो न शासनशैली परिवर्तन भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालको अनुभवमा क्रान्ति जसरी भए पनि छिटो सत्तामा पुगेर अथाह धन कमाउने, पार्टीलाई राजनीति उद्योगमा रुपान्तरण गरेर आफ्ना छोराछोरी, नातेदार र नजिककाहरुलाई त्यसको सेयर होल्डर बनाउनेमै सीमित रहेको छ ।’

उहाँले सहारा टाइम्ससँग कुरा गर्दै यो समस्या सबै दलमा देखिएको छ, चाहे काँग्रेस होस्, वा माआवादी केन्द्र तथा एमाले किन नहोस् अथवा जसपा र लोसपा किन नहोस् सबैमा यही समस्या रहेको बताउनुभयो ।

राजनीतिक जनताको सेवाका लागि होइन कि सम्पत्ति कमाउनका लागि भइरहेको जस्तो आफूलाई लाग्न लागेको बताउँदै उहाँले भन्नुभयो, म हेर्दैछु, हरेक राजनीतिक दलका नेताहरु सत्तामा पुगेपछि आफ्ना नातेदार, छोराछोरीको माध्यमबाट अनियमितता गरेका हुन्छन्, लाग्छ उनीहरुको ध्येय सम्मत्ति कमाउनु भन्दा अरु कुनै ध्येय छैन ।’

देश शासकीय व्यवस्थाको प्रयोगशाला भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यसको ताजा उदाहरण हो, छ दशकमा छैठौं संविधानको अभ्यास सुरु गरेको दुई वर्ष पनि बितेको छैन, फास्ट ट्रयाकबाट बनेको संविधानको घोषणा गराउने, दुर्इतिहाइको धाक लगाउने नेताहरू स्वंय संसदीय व्यवस्थालाई कार्यकारी राष्ट्रियपतीय शासनबाट विस्थापित गर्नुपर्ने नारा दिन थाल्नु ।’

तपाईको प्रतिक्रिया