Khadya Bibhag

नेपाल–भारतको साँस्कृतिक सम्बन्धका लागि पशुपतीदेखि काशिसम्म मोटरसाइकल र्याली

काठमाडौँ कात्तिक २२–नेपालस्थित भारतीय दूतवासले नेपाल र भारत बीचको साँस्कृतिक, धार्मिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले दुई देशबीच मोटर साइकल र्याली गर्ने भएको छ ।

कात्तिक २५ गतेखि पशुपतिनाथको परिसरबाट सुरु हुने मोटरसाइकल र्याली कात्तिक २७ गते भारतको वनारसमा गएर टुगिंने भारतीय दूतावासले जनाएको छ । मोटर साइकल र्यालीमा नेपाल र भारतका गरी करिब ५० जना युवा सहभागी रहने बताइएको छ । त्यसमा अधिकाँश नेपाली युवा नै रहने बताइएको छ ।

नेपाल र भारतबीच सदियौदेखि रहदै आएको साँस्कृति सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको बताउँदै दूतावासको एक कर्मचारीले यो कार्यक्रमले दुई देशको बीचको धार्मिक, साँस्कृतिक, समाजिक सम्बन्ध अझ बलियो हुने विश्वास दूतावासले लिएको बताए ।

 

तपाईको प्रतिक्रिया