विभागलाई पूर्णता दिन जसपाले गठन गर्यो पाँच सदस्यीय कार्यदल

काठमाडौँ मंसिर ५ गते । जनता समाजवादी पार्टी नेपालले गठन गरेको विभागलाई पूर्णता दिनका लागि पार्टीका वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

जसपाको कार्यकारिणी समितिको आज बसेको बैठकले गठन गरेको सो कार्यदलमा अशोक राइसहित, महेन्द्र राय यादव, रेणु यादव, नवराज सुवेदी रहेका छन् । सो कार्यदलले विभागहरुको बारेमा अध्ययन गरी पूर्णता दिइ त्यसको प्रतिवेदन तयार गरी पार्टी बुझाउने छ । भदौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विभाग गठनपछि जिम्मेवारी सुम्पेपनि त्यसलाई पूर्णता दिएको छैन । त्यसलाई चाँडै पूर्णता दिनका लागि सो कार्यदल गठन गरेको हो ।

त्यसैगरि भदौं ९ गतेदेखि सुरु भएको सुज अभियानको बारेमा पनि समिक्षा भएको बताइएको छ । अर्को बैठक मंगलवार पुनः बस्नेछ ।

 

तपाईको प्रतिक्रिया