अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट सम्पन्न

काठमाडौँ मंसिर ५ गते । डीएभी सुशील केडिया विश्व भारती स्कूल र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रमको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको थियो । कार्यक्रममा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र भारतीय दूतावसका प्रथम सचिव एवं प्रेस, सूचना र संस्कृति विभागका प्रमुख नवीन कुमारको उपस्थिति थियो । अध्यक्ष ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरू बीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको कुरामा जोड दिनुभयो ।

त्यस्तै, प्रथम सचिव नवीन कुमारले पनि भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा भारतका चर्चित कलाकारहरू– गायिका डा.रञ्जना झा, नर्तकहरू सुश्री यामिनी शर्मा र सुश्री रिजुला मिश्र तथा नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुति दिएका थिए । त्यस्तै कार्यक्रममा भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए ।

यो कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउन र स्मरण गर्न भारत सरकारको पहल,’आजादी को अमृत महोत्सवको एक हिस्सा रहेको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया