राजेन्द्र महतो अझै जसपाको नेता !

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेतामा यति मोह छ कि अहिलेसम्म जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेम प्लेट आफ्नो संसदीय दलको कार्यालयमा झुण्ड्याइ रहनु भएको छ । जसपाबाट लोसपा अलग भएको पाँच महिना भन्दा बढी भइसक्यो । तर अझै पनि उहाँ जसपा संसदीय दलको नेता भएको बोर्ड झुण्ड्याई रहनु भएको छ ।

त्यतिबेला पनि उहाँ जनता समाजवादी पार्टी नेपालमा संसदीय दलको नेता बन्दा सो पद विवादस्पद नै थियो । एक (उपेन्द्र यादव) पक्षलाई जानकारी नै न दिइकन भक्तपुरको रिसोर्टमा गएर आफूलाई संसदीय दलको नेता घोषणा गराउनु भएको थियो । स्रोतका अनुसार उहाँले यसका लागि पनि महन्थ ठाकुरसँग बार्गेनिङ गर्नुभएको थियो । उहाँले कुनै पनि हालतमा संसदीय दलको नेता बनाउनुपर्ने दवाव महन्थ ठाकुरलाई दिनुभएको थियो ।

त्यसबखत जसपामा उपेन्द्र यादव र महन्थ ठाकुरबीच आन्तरिक द्वन्द चलिरहेको थियो । त्यसैको फाइदा उठाउँदै उहाँ त्यतिबेला संसदीय दलको नेता बन्नु भएको थियो । महन्थ ठाकुरले पार्टीमा आफ्नो बहुमत कायम गर्नका लागि हस्ताक्षर अभियान चलाउनु भएको थियो । त्यसमा राजेन्द्र महतो असहयोग गर्न थाल्नु भएको थियो । संसदीय दलको नेता बनाउने सुनिश्चितता गरेपछि मात्र हस्ताक्षर गर्ने बार्गेनिङ गर्नुभएको थियो । त्यसपछि मात्र महन्थ ठाकुरले उहाँलाई संसदीय दलको नेता बनाउनु भएको थियो ।

महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गराएको हस्ताक्षरले महतोलाई संसदीय दलको नेता बनाउनमा प्रयोग गरिएको थियो । जसपा संसदीय दलको नेता बनेपछि झुण्डाइको बोर्ड अझैसम्म हटाउनु भएको छैन । किनभने त्यसैको आधार पुनः लोसपामा संसदीय दलको नेता बन्ने दाउमा उहाँ हुनुहुन्छ ।

उहाँ संसदीय दलको नेता बन्नका लागि पार्टीमा दवाव दिइरहनु भएको छ । जसपा विभाजन हुँदा साविकमा जो जेजे पदमा थिए, त्यही पद लोसपामा पाएपछि आफू त्यसैका आधारमा संसदीय दलको नेता बन्न पाउनुपर्छ भनि पार्टीमा दवाव दिइरहनु भएको छ । त्यसका लागि पार्टीमा आफ्नो पकड बनाउन जिल्ला जिल्लामा पनि नेताहरुलाई सम्पर्क गरिरहनु भएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेश अध्यक्ष चयन गर्दा त्यसमा नेता महतोको आपत्ति थियो । उहाँले जनकपुर तथा पर्सामा त्यसको विरोध गर्न लगाउनु भयो । यहाँसम्म कि सबैलाई काठमाडौँ बोलाएर पार्टी कार्यालयमा धर्ना बस्न पनि लगाउनुभयो । यसले प्रष्ट हुन्छ कि नेता महतो लोसपामा के चाहनु भएको छ । त्यस्तै त्यस्तै विवादका कारण हालसम्म लोसपाको कुनै पनि बैठक बसेको छैन । पार्टी गठन भएको भोलीपल्ट कार्यकारिणी समितिको बैठक बसेको थियो । त्यसयता कुनै बैठक बसेको थियो । केही दिन अगाडि एमसीसीको बारेमा छलफल गर्नका लागि छोटो समयका लागि संसदीय दलको बैठक बसेको थियो ।

 

तपाईको प्रतिक्रिया