जसपा नेपालको पार्टी कार्यालय उद्घाटन

सप्तरी फागुन ८ गते । जनता समाजवादी नेपालका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीकोअग्निसाईर कृष्णासवरण गाउँपालिका कार्यालयको उद्घाटन गर्नुभएको छ । गाउँपालिका जसपा नेपालका गाउँपालिका अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमख अतिथी मन्त्री साह तथा अन्य अतिथीहरु प्रतिनिधिसभा सदस्य डा. सुर्यनारायण यादव, केन्द्रीय सदस्य विनोद चौधरी ,संघिय परिषद सदस्य गुनानन्द चौधरी,कंचनरुप नगरपालिका उपाध्यक्ष कल्पना चौधरी, सचिव चितरन्जन यादव, जसपा नेता दक्षनारायण श्रेष्ठ, देवेन्द्र झा लगायतका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थित थियो ।

तपाईको प्रतिक्रिया