सत्ता गठबन्धनको बैठकमा प्रचण्डले राख्नुभयो यस्तो धारणा

काठमाडौँ फागुन ८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएपनि हाल लामो समयदेखि सदन अबरुद्ध भएको र अरु कुनै पनि विधेयक टेवल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेवल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा अध्यक्ष प्रचण्डले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्नुभयो, ‘यदि तपाईं टेवल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउनु होस् ।’ तर प्रधानमन्त्री देउवाले टेवल गरेर प्रक्रियामा लैजाने अडानमैं रहेको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

त्यस अवस्थामा आआफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने दुवै पक्षको बीचमा समझदारी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया