Khadya Bibhag

जसपाका सांसदले संसदमा आफ्नो विवेक प्रयोग गर्ने

काठमाडौँ फागुन १२ गते । एमसीसीको बारेमा जनता समाजवादी पार्टी नेपाल अनिर्णित भएपछि सो दलका सांसदहरु आज संसदमा आफ्नो विवेक प्रयोग गर्ने भएका छन् ।

संसदमा रहेका सबै दलले एमसीसीको बारेमा आफ्नो धारणा बनाइ सकेका छन् तर जसपा अझै अनिर्णत रहेको छ । आजदेखि संसदमा एमसीसीको बारेमा छलफल हुने भएको छ तर जसपाका सांसद पक्षमा बोल्ने कि विपक्षमा बोल्ने अन्योलमा छन् ।

तर सो पार्टीका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले पार्टीको निर्णय नआउन्जेलसम्म सांसदले आफ्नो विवेक प्रयोग गर्ने बताउनुभयो । भोलीदेखि पार्टीको बैठक बस्दैछ, त्यो बैठकबाट कुनै निर्णय आउन्जेलसम्म सांसदले आफ्नो विवेक प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।
जसपामा १९ जना सांसद छन् । त्यसमध्ये अधिकाँश एमसीसीको पक्षमा रहेका छन् ।
जसपाबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया