काठमाडौँ फागुन १२ गते । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
संसदमा एमसीसी बारे छलफल हुनुअघि उहाँ दुईजनाको बीचमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । छलफलमा दुवैजना आआफ्नो अडानमा रहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले आन्दोलन रोकेर एमसीसीको पक्षमा वतावरण बनाउन आग्रह गर्नुभएको थियो तर अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर अगाडि बढी सकेको छ त्यसबाट पछाडी फर्किन मिल्दैन, बरु संसदमा एमसीसी बारे छलफल हुने वतावरण बनाउनुपर्ने भन्नुभयो ।
एमसीसीको बारेमा देखिएको अन्योल संसदको बहसबाट छर्लङ हुने भएकाले संसदमा त्यसको बहस होस्, संसदहरुले आफ्नो कुरा गर्न पाइयोस् भन्दै एमालेले गरिरहेको सदन अवरोधलाई हटाउन पनि प्रधानमन्त्री देउवालाई उहाँले आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्ड देउवालाई भेट्न जानुअघि सिंहदरवारमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि छलफल गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया