काठमाडौँ फागुन १२ गते । सत्ता गठबन्धन भत्किने भएको छ । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेबरहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति नबनेपछि गठबन्धन भत्किने भएको छ । प्रधानमन्त्री देउवाले यथास्थ्तििमै एमसीसी पारित गराउनुपर्ने अडानमा हुनुहुन्छ भने अध्यक्ष प्रचण्ड संशोधन विना यथास्थितिमा पारित गराउन नदिने अडानमा हुनुहुन्छ । त्यही अडानका कारण गठबन्धनमा असर पर्ने भएको छ
स्रोतका अनुसार प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको भेटमा दुवैजना आआफ्नो बाटो लाग्ने कुराकानी समेत भएको छ । आजै प्रधानमन्त्री देउवाले नेकपाका अध्यक्ष केपी शर्मा अोलीसँग भेटेर छलफल गर्नुभएको छ । प्रधानमन्त्री देउवा भेटेर जाने वित्तिकै अध्यक्ष प्रचण्डले अोलीलाई भेट्न पुग्नु भएको हो । विहान मात्र प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवा र अोलीबीच कुरा मिलेपछि सत्ता गठबन्धन भत्किने अनुमान धेरैले गरेको छ ।


तपाईको प्रतिक्रिया