भाइजान सरोज राय सम्मानित

काठमाडौँ चैत १३ गते । भाइजानको नामले परिचित समाजिक अभियन्ता सरोज राय हालै ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२१’ बाट सम्मानित हुनुभएको छ ।

नेपालबाट पाकिस्तान गएर १४ वर्षदेखि जेलमा रहनु भएका धनुषाका उमेश यादवलाई ल्याउन सफल भएपछि सरोज रायलाई भाइजानको नामले चिन्न थालेको हो । मृत्युदण्ड पाएर १६ वर्षदेखि साउदीको जेलमा रहेका उदयपुरको विवेक दाहालको पनि ज्यान बचाउन उहाँ लागि पर्नुभएको छ । त्यसका साथै उहाँले भारतलगायत विभिन्न ठाउँमा हराई रहेका बालबालिकालाई खोजेर उसको परिवारको जिम्मा लगाउने काम पनि उहाँले गर्दै आउनु भएको छ । अर्थात यस्तै यस्तै समाजिक कामको मूल्यांकन गर्दै सिजन मिडियाले रायलाई सम्मानित गरेको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सम्मानपत्रका साथ सम्मान गर्नुभएको हो । उहाँसहित अन्य १६ जना समाजसेवीलाई समेत सम्मान गरिएको छ ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले विभिन्न पेशा र व्यवसायमा लागेर समाजमा योगदान गर्दै आएका र नितान्त समाजकै लागि भनेर अहोरात्र खटिएका व्यक्तिहरुलाई छनोट गरी उक्त अवार्ड प्रदान गरिएको बताउनुभयो । उहाँले यसको उद्देश्य सामाजिक अभियन्ताहरुलाई हौसला र प्रेरणा दिनका लागि रहेको बताउनुभयो ।

मधेश प्रदेशको सर्लाही बरहथवा जन्भुमी र जनकपुरधाम उपमहानगरपालिका कर्मभूमि भएका सरोज राय इििन्जयरिङ र आइटी जस्तो पेशा छाडेर सामाजिक सेवामा लाग्नु भएको हो ।

तपाईको प्रतिक्रिया