माधवकुमारसँग भिडाउनका लागि ओलीले लोसपाबाट ल्याउन लाग्नुभयो अजय गुप्तालाई

काठमाडौँ असार ९ गते । लोकतान्त्रिक समाजवादी नेपालले पार्टीको नेता अजय गुप्ताले पार्टी परित्याग गरि साउन २३ गते एमालेमा प्रवेश गर्ने हुनुभएको छ ।

रौतहट गौरका पूर्व मेयर समेत रहेका लोसपाका नेता गुप्ता रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने निश्चित भएपछि लोसपा छाडेर एमालेमा जाने निर्णयमा पुग्नु भएको हो । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले पनि रौतहट क्षेत्र नम्बर १ मा टिकट दिने निश्चित गरिसक्नु भएको छ ।

यसअघि २०७० को संविधानसभा चुनावमा तत्कालिन एमालेका नेता माधावकुमार नेपालबाट तीनसय मतले हार्नुभएको थियो ।
त्यहाँ यसपटक पुनः माधवकुमार नेपाललाई टक्कर दिनका लागि एमालेका अध्यक्ष अ‍ोलीले अजयलाई आफ्नो पार्टीमा ल्याउनु भएको हो ।

 

तपाईको प्रतिक्रिया