रामायण सर्किटः दिल्लीबाट जनकपुर आइपुगे पर्यटक

काठमाडौँ असार ९ गते । १४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा ‘भारत गौरवू पर्यटक ट्रेन’ जनकपुर आइपुगेका छन् । जुन २१ जुन २०२२ मा भारतको नयाँ दिल्लामा भारतका रेल मन्त्री तथा पर्यटन मन्त्रीद्वारा संयुक्त रूपमा झण्डा देखाएर रेललाई पठाइएको थियो । सो रेल आज १ः३० बजेमा जनकपुर आइपुगेका छन् ।

यो भारत र नेपालमा रामायण सर्किट कभर गर्ने आफ्नो प्रकारको पहिलो पर्यटक ट्रेन हो। भारत र नेपालका प्रधानमन्त्रीले २ अप्रिल २०२२ मा भारतको जयनगरदेखि नेपालको कुर्था जोड्ने रेललाई संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।


जनकपुरधाम रेलवे स्टेशनमा नेपाल र भारतका प्रतिष्ठित व्यक्तित्वहरू भारतबाट भारत गौरव ट्रेनमा आएका पर्यटकहरूलाई स्वागत गर्नुभएको थियो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, जनकपुरधाम उमहानगरपालिकाका मेयर मनोजकुमार शाह, नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झा, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तव र वीरगन्जस्थित भारतीय महावाणिज्य दूत नितेश कुमारद्वारा सो अवसरमा स्वागत गरिएको थियो ।

पर्यटकको सम्मानमा आयोजना गरिएको भव्य स्वागत समारोहले पर्यटकहरु हर्षित भएका छन् । पर्यटकहरू जानकी मन्दिरको दर्शन गर्ने छन्, जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्नेछन् तथा गंगा आरतीमा सहभागी हुने बताइएको छ । पर्यटकहरु जुन २४, २०२२ मा भारत गौरव ट्रेनबाट रामायण सर्किट रुटमा अगाडी यात्राका लागि सडक मार्गबाट सीतामढी जानेछन् ।

तपाईको प्रतिक्रिया