सागरनाथमा सशस्त्र वन रक्षक व्यारेक उद्घाटन

सर्लाही साउन २१ गते । वन तथा वातावरण मन्त्री प्रदीप यादवले सागरनाथमा निर्मित सशस्त्र वन रक्षक व्यारेक उद्घाटन गर्नुभएको छ । वन मन्त्रालय र वन तथा भू–संरक्षण विभागद्वारा सर्लाही जिल्लाको इशवपूर नगरपालिकास्थित सागरनाथमा निर्मित सशस्त्र वन रक्षक व्यारेकको उद्घाटन उहाँले शनिवार गर्नुभएको हो ।

मधेश प्रदेशको बीचमा पर्ने यस क्षेत्रमा वन रक्षकहरुको लागी निर्मित यस संरचनाले उहाँहरुको वासस्थानको वयस्थापान मात्र गर्दन वन जंगल र वन्यजन्तु संरक्षणमा पनि ठूलो भूमिका खेल्ने विश्वास आफूले लिएको बताउनु हुँदै मन्त्री यादवले यस क्षेत्रमा भइरहेको वन अतिक्रमण र तस्करीलाई पनि उन्मूलन गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो ।

मधेशमा रहेको सीमित वन क्षेत्रलाई जोगाउन आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले मन्त्रालयको मातहातका विभाग र निकायहरुलाई यसको संरक्षण र प्रवर्द्धनका लागी आवश्यकता अनुसार काम गर्न निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया