आमा बन्दै बिपशा

बिपाशा बसु र करण सिंह ग्रोवरले हालै आफ्नो गर्भावस्थाबारे जानकारी दिएका छन् । यो जोडीले सोसल मिडियामा फोटो सेयर गरेर खुसीको खबर साटेका हुन् । बिपाशा र करण विवाह गरेको ६ वर्ष पछि आमाबुवा बन्दैछन् । बिपाशाले आफू गर्भवती भएको खबर सार्वजनिक गर्न फोटोको सहारा लिएकी छिन् र उनको बच्चा चाँडै नै यो धर्तीमा आउन लागेको पनि बताएकी छिन् ।

यो जोडीले म्याटरनिटी फोटोसुटको फोटो सेयर गर्दै क्याप्सन लेखे, ‘एक नयाँ समय, एक नयाँ चरण, एक नयाँ प्रकाशले हाम्रो जीवनमा अर्को छहारी थप्दैछ । हाम्रो जीवन र परिवार पूरा हुँदैछ । हामीले यो जीवनको सुरुवात एक्लै गरेका थियौँ र त्यसपछि हामीले एक–अर्कालाई भेट्यौँ । त्यसपछि हामी दुईजना मात्रै थियौँ । दुई व्यक्ति बीच यति धेरै प्रेम हामीलाई ठिक लागेन त्यसैले जो दुई थिए छिट्टै नै तीन हुँदैछन् ।’

थपेकी छिन्, ‘हाम्रो प्रेमको निशानी, हाम्रो बच्चा हाम्रो जीवन र खुसीमा समावेश हुँदैछ । तपाईंहरु सबैको प्रेम र प्रार्थनाका लागि धन्यवाद । तपाईंहरुको शुभकामना सधैँ हाम्रो जीवनको हिस्सा थियो र रहनेछ ।’ बिपाशा र करणले सन् २०१६ को अप्रिल ३० मा विवाह गरेका थिए ।

तपाईको प्रतिक्रिया