Khadya Bibhag

सप्तरी २ मा उपेन्द्र यादव र उमेश यादवले एक अर्कालाई सघाउने

सप्तरी २३ गते । सप्तरी क्षेत्र नम्बर २ मा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालबीच गठबन्धन हुने निश्चित भएको छ । केन्द्रमा गठबन्धनको कुरा नमिलेपनि सप्तरी २ मा यी दुई दलले गठबन्धन गर्ने कुराको संकेत गरिसकेको छ । सप्तरी २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएपछि माओवादी केन्द्रले यसपाली प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ ।

त्यस्तै, जसपाले पनि सप्तरी २ प्रदेशसभा क्षेत्रमा उम्मेदवारी नदिने संकेत देखाएको छ । सप्तरी २ (ख) मा प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका उमेश यादवलाई सघाउनका लागि जसपाले यसपटक कसैको नाम सिफारिस गरेको छैन । माओवादी केन्द्र सप्तरीको बैठकले सप्तरी क्षेत्र नम्वर २ (क) र (ख) का लागि उम्मेदवार सिफारिस गरेको छ ।

सप्तरी २ को (क) प्रदेशसभा सदस्यका लागि दिपेन्द्र माझी, विनोद यादव र शिवशंकर पण्डितको नाम सिफारिस गरिएको छ । त्यस्तै, सप्तरी २ (ख) का लागि उमेशकुमार यादवको एकल नाम सिफारिस भएको छ । उमेश यादव माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँ यसअघि उपेन्द्र यादवसँग प्रतिनिधिसभा सदस्यका लािग चुनावमा भिड्नु भएको थियो । उमेश यादवले दोस्रो स्थान ल्याउनु भएको छ । यसपटक उहाँले उपेन्द्र यादवको क्षेत्र सुरक्षित छाड दिनु भएको छ भने उपेन्द्र यादवले पनि उमेश यादवका लागि प्रदेश सभा क्षेत्र सुरक्षित छाड्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया