सिरहा २३ गते । जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिति सदस्य एवं मधेश प्रदेशका प्रदेशसभा सदस्य सुरेश मण्डल सिरहा क्षेत्र नम्बर ४ (ख) को लागि प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष चुनाव लड्न सिफारिस हुनुभएको छ ।
मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्री समेत रहेका मण्डल यसअघि पनि सोही क्षेत्रबाट तत्कालिन राजपाबाट चुनाव जित्नु भएको थियो । यसपटक पनि जसपा सिरहाले उहाँको नाम सिफारिस गरेको छ ।
कम्युनिष्टबाट विद्यार्थी राजनीतिको यात्रा सुरु गरेका मण्डल मधेशी जनअधिकार फोरम नेपालबाट विद्यार्थीको सक्रिय राजनीतिमा प्रवेश गरेका गर्नुभएको हो । मधेशी जनअधिकार फोरम छाडेर तमलोपामा गएका सुरेश मण्डल लामो समय महन्थ ठाकुर नेतृत्वको पार्टीमा काम गर्नुभयो । जसपा विभाजन हुँदा उहाँ उपेन्द्र यादवलाई साथ दिनुभएको हो ।


तपाईको प्रतिक्रिया