सिके राउत जस्ता नेताले समय समयमा मधेशी नेता र मधेशी जनताको आँखामा धुल झोक्दै आएका छन् । सब भन्दा पहिला मधेशी दलका नेताको आँखामा धूल झोक्दै मधेशी दलहरु (मधेशी मोर्चा) कै मञ्चमा गएर बिना कुनै अनुमति र सूचनाकै खुला मञ्चबाट स्वतन्त्र मधेशको लागि आव्हान गर्नुभयो ।
–लोकेन्द्र यादव-,
कहिले देशबाट मधेश अलग गर्ने त कहिले जनमत संग्रह गराउने तथा कहिले १० लाख युवालाई रोजगारी दिने त कहिले मधेशी सेना तयार गर्ने त कहिले चुनाव बहिष्कार गर्ने त कहिले चुनावमा भाग लिने त कहिले किसानका लागि आन्दोलन गर्ने त कहिले भ्रष्टाचारीलाई कारवाही गर्ने जस्ता अफवाह फैलाएका कारण सिके राउत जस्ता नेताले गर्दा मधेश अवसरवादको चपेटमा परेको छ ।
मधेशलाई स्वतन्त्र बनाउन छाडेर जनमत पार्टी गठन गरेका सिके राउत जस्ता नेताले समय समयमा मधेशी नेता र मधेशी जनताको आँखामा धुल झोक्दै आएका छन् । सब भन्दा पहिला मधेशी दलका नेताको आँखामा धूल झोक्दै मधेशी दलहरु (मधेशी मोर्चा) कै मञ्चमा गएर बिना कुनै अनुमति र सूचनाकै खुला मञ्चबाट स्वतन्त्र मधेशको लागि आव्हान गर्नुभयो ।
त्यसपछि हजारौंको संख्यामा रहेका मधेशी जनता र बुद्धिजीवीको आँखामा धुल झोक्दै आफ्ना विभिन्न पुस्तकहरू र “चल भैया आजादी ले“ जस्ता मनगढन्ते नाराको माध्यमबाट संघीयतालाई लथालिङ्ग पार्नको लागि संघीयताको विरुद्धमा स्वतन्त्र मधेशको लागि काल्पनिक नारा लगाउनु भयो । र स्वतन्त्र मधेशकै नाममा गरिब र निमुखा जनता तथा राम मनोहर यादव जस्तो युवालाई मृत्युको मुखमा पुर्याउनु भयो ।
पछि फेरि त्यही स्वतन्त्र मधेशको लागि बहकाएका मधेशी जनता र मधेशी बुद्धिजीवीको आँखामा धुल झोक्दै संघीयतालाई ठूलो हानि पुर्याउन सफल भए पछि राता रात एमालेका अध्यक्ष केपी शर्मा ओलीको शरणमा गएर स्वतन्त्र मधेशको मुद्दालाई उहाँको शरणमा भेटी चढाउनु भयो र बिके राउत बन्दै जनमत पार्टीको स्थापना गर्नु भयो । स्वतन्त्र मधेश गठबन्धनबाट जनमत पार्टी बडो नाटकीय रुपमा गठन भयो । न पार्टीका अन्य नेतालाई थाह छ न त्यसको कुनै मापदण्डा तयारी गर्यो न कुनै एजेण्डा बन्यो । सिके राउतले आफ्नो सनकको भरमा जेलमै हुँदा ओली सरकारको शरण्मा पुगेर मधेशी जनताको आँखामा धुल झोक्ने काम गर्नुभयो ।
जनमत पार्टी स्थापना पछि आफूलाई मधेशको राजा र मसीहा ठान्दै मधेशमा कहिले विकासको बहानामा त कहिले भ्रष्टचारको बहानामा त कहिले किसान आन्दोलनको बहानामा मधेशमा आफ्नो झोलेहरु बाट आराजकता फैलाउन लगाउनु भयो । कहिले इञ्जिनियर कुशवाहालाई मानव अधिकारको धज्जी उडाउँदै शहरमा नाङगै परिक्रमा गर्न लगाउनु भयो, त कहिले आन्दोलनको बहानामा सवारी साधनमा आगो लगाउनु भयो र सरकारी धन सम्पती लाई क्षति पुरयाउन लगाउनु भयो । उहाँले जति पनि कार्य थाल्नुभयो, जति पनि अभियान थाल्नुभयो, कुनै पनि अभियान तथा कार्यमा आजसम्म सफल हुनु भएन ।
मधेशमा आरजकता फैलाउन उहाँले धेरै पर्यत्न गर्नुभयो तर उहाँले सक्नु भएन । त्यसपछि उहाँले मधेशलाई जातपातको आधारमा विभाजित गर्न को लागि सुनियोजित ढंग ले षड्यन्त्र रच्नु भयो । परिणाम स्वरूप कहिले दर्भगिंया विरुद्ध आफ्नो अभियान चलाउनु भयो त कहिले उपेन्द्र यादवको नाममा यादवको विरुद्ध आफ्ना केही दूतमार्फत समाजमा नफरत फैलाउने असफल प्रयास गर्नु भयो । र पछि सम्पूर्ण सिद्धान्तमाथि पानी फेर्दै सत्ता अवसरको लागि त्यही महन्थ ठाकुर र उपेन्द्र यादवसँग चुनावी गठबन्धनको लागि गुहार लगाउन जानु भयो ।
के यस्ता सिके बिके प्रवृत्ति जस्ता अवसरवाद को चपेट मा मधेश परेन त ? यस्ता सिके राउत प्रवृत्तिका नेताबाट मधेशी जनतालाई समय मै सचेत हुनु अहिले को आवश्यकता हो । यस्ता प्रवृत्तिबाट सचेत भएनौ भने मधेश आफैमा जात पातको आधारमा विभाजित हुनेछ र यसको फाइदा बाह्य शक्तिले लिने सम्भावना बढ्छ । हुन त सिके राउतले जतिपनि गतिविधिहरु गर्नुहुन्छ ती सबै बाह्य शक्तिलाई नै फाइदा पुग्ने खालको हुन्छ । उहाँको गतिविधिप्रति राज्य पनि सशंकित देखिन्छ । बाह्य शक्तिसँगको सम्बन्धले गर्दा उहाँ जहिले पनि शंकाको घेरामा रहनुभयो । र, त्यसले गर्दा मधेश पनि सधै डिस्टर्बमै रह्यो ।
(लेखक लोकेन्द्र यादव सिके राउतको साथमा लामो समय काम गर्नुभयो । हाल उहाँ जनमत पार्टी छाडेर स्वतन्त्र हुनुभएको छ)


तपाईको प्रतिक्रिया