डेङ्गी लागेको व्यक्तिलाई झन टोक्टछन् लामखुट्टे

डेङ्गी र जीका भाइरसले सङ्क्रमण गरेपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ । यसबारे वैज्ञानिक जर्नल ुसेलुमा एउटा शोध प्रकाशित भएको छ ।

ती भाइरसका कारण परिवर्तित गन्धले लामखुट्टेलाई थप आकर्षित गर्ने र लामखुट्टेले टोकेपछि सङ्क्रमित व्यक्तिबाट भाइरस अरूमा सर्ने सम्भावना बढ्ने वैज्ञानिकहरूले बताएका छन् ।

अहिले नेपालमा पनि डेङ्गी भाइरसको प्रकोप फैलिरहेको छ।

देशभरिका ७७ जिल्लामध्ये मुस्ताङबाहे क सबै जिल्लामा यो भाइरस पुगिसकेको सरकारी तथ्याङ्कले देखाउँछ। काठमाण्डू उपत्यकामा डेङ्गी पुष्टि भएका बिरामीको सङ्ख्या १२,००० नाघिसकेको छ ।

प्रायः उष्ण प्रदेशमा फैलिने यो रोग नेपालमा भने पहाडी, उच्च पहाडी र हिमाली जिल्लामा पनि पुगेकोमा विज्ञहरू चिन्तित देखिएका छन् ।

मानिस र सवारीसाधनको ओहोरदोहोर बढ्नु तथा जलवायु परिवर्तनका कारण तापमानमा वृद्धि भएकाले अस्वाभाविक लाग्ने ती स्थानमा लामखुट्टे पुगेकाले जोखिम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताउनुभयो ।

डेङ्गी भएको मान्छेतिर किन लामखुट्टे आकर्षित हुन्छ ?

चीनको सेन्टर फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शन र बेइजिङस्थित चिङ्ख्वा विश्वविद्यालयसहित विभिन्न चिनियाँ प्रयोगशालामा कार्यरत वैज्ञानिकहरूले मुसालाई डेङ्गी भाइरसबाट सङ्क्रमित गराएर परीक्षण गरेका थिए।

सङ्क्रमित मुसाको छालामा पाइएको एउटा गन्धयुक्त यौगिकका कारण लामखुट्टेले तिनलाई टोक्ने सम्भावना निकै धेरै बढेको पाइयो।

स्रोतः बीबीसी

तपाईको प्रतिक्रिया