जसपाबाट को को प्रवेश गर्नुभयो लोसपामा ? (नामावली)

बारा असोज ८ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जसपाको परवानीपुर गाउँपालिका उपाअध्यक्ष (प्रत्याशी) सहित सैयौंजना नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनु भएको छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरीमा लोसपा नेपालको पार्टी प्रवेश कार्यक्रममा जसपा प्रत्यासी इन्दु देवी पटेललगायत बारा जसपा जिल्ला समिति सद्स्य बिजय पटेल , मुकेश पटेल, हरिहर यादव , शम्भु राउत , पवन दास , नगिना पटेल , रामदेव पटेल ,एमालेबाट दिपेन्द्र पटेल , शिव पटेल , राम लाल पटेल र माओवादी का प्रभावशाली नेता महेन पटेल, अर्जुन पटेल, रामबाबु यादवलगायत नेता तथा कार्यकर्ता लोसपामा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमा लोसपा बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता, लोसपा परवानीपुर प्रत्यासी जगत नारायण महतो, सुरेश पटेल, सुनिल पटेल, रामजी सिंह, राम्नाथ पटेल, मिश्री मण्डल लगायतका नेताहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया