Khadya Bibhag

सत्ता गठबन्धन दलमा प्रारम्भिक सहमति, कुन दलले पाए कुन कुन क्षेत्र ?

काठमाडौं असोज १३ गते । पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधिसभाका १ सय ६० सिटमा प्रारम्भिक सहमति जुटाएका छन् । यद्यपी अझैपनि गठबन्धन दलहरुको बीचा कपितय क्षेत्रमा दोहोरो दावी रहेको छ ।

सबै क्षेत्रमा सहमति बनाउने प्रयास अझै कायम रहेको छ । गठबन्धनको बैठक आज १ वजे पुनः बस्दैछ ।

स्रोतकाअनुसार काङ्ग्रेसले ८५, माओवादी केन्द ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ सिट, राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत गरी दुई क्षेत्र परेको छ ।

 

सहमति अनुसार कांग्रेसले प्रदेश १ मा पाँचथर, इलाम–२, झापा–१, झापा–३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी–२, ३ र ४, वखलढुंगा,, उदयपुर–१ लिने भएको छ ।

त्यस्तै, मधेश प्रदेशमा काँग्रेसले सप्तरी–३, सप्तरी–४, सिरहा–१ र २, धनुषा २, ३ र ४, महोत्तरी–२ र ३, सर्लाही–४, बारा–१, पर्सा–३ र ४ लिने भएको छ। त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप–१, सिन्धुली–१, रसुवा, धादिङ–२, काठमाडौं–१, ३, ४, ५, ६, १०, भक्तपुर– १ र २, ललितपुर–१, काभ्रे–१, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१ र २ लिने भएको छ। त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–१, मनाङ, कास्की, तनहुँ–१ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति स्रोतले जनाएको छ ।

 

लुम्बिनी प्रदेशमा गुल्मी–१, पाल्पा–१, अर्घाखाची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, बाँके ३, बर्दिया–१, नवलपरासी पश्चिम २ लिने भएको छ । त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख–१ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ।

 

सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कंचनपुर–२ र ३ लिनेछ।

 

माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झापा–२–५, भोजपुर, मोरङ–४–५, सोलुखुम्बु, खोटाङ, उदयपुर–२ लिने भएको छ ।

प्रदेश २ मा सिरहा–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२, सर्लाही–३ लिने भएको छ। सर्लाही–२ मा जसपाले पनि दाबी गरेको छ। बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिनेछ। त्यस्तै, सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीले लिनेछ।

त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ–२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपिलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ माओवादीले लिने छ। जसमा रुपन्देही १ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३, बैतडी, कंचनपुर–१ लिनेछ।

एकीकृत समाजवादीले १७ सिट लिनेछ। जसमध्ये इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी २, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ।डोल्पा र अछाम–१ मा भने माओवादीको पनि दाबी छ।

जसपाले १५ सिट लिने सहमति भएको छ । सुनसरी–१, सप्तरी–१, सिरहा–४, धनुषा–३, महोत्तरी–३ र ४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२, रुपन्देही–४ र सप्तरी–२ जसपाले लिनेगरी सहमति भएको छ।

राष्ट्रिय जनमोर्चाले भने बागलुङ–१ र प्युठान लिने भएको छ। जनमोर्चाका दाबीमा केन्द्रमा कसैको बिमति छैन, तर जिल्लाबाट कांग्रेसले विरोध गरिरहेको छ ।

अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशको धादिङ(१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी रहेको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया