जसपाले पाँच दलीय गठबन्धनको विकल्प खोज्ने (प्रेसनोटसहित)

काठमाडौँ असोज १५ गते । जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनको विकल्प खोज्ने निर्णय गरेको छ । गठबन्धनमा भइरहेको सिट बाँडफाँटमा जसपा सन्तुष्ट छैन । सोही असन्तुष्टिका कारण गठबन्धनको विकल्पमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गर्दै अन्य कुनै दलसँग गठबन्धन नभए एक्लै पनि चुनाव लड्ने निर्णय गरेको छ ।

पार्टीका प्रवक्ता मनिष सुमनले जारी गर्नुभएको प्रेस नोट

प्रेस नोट
—————
जनता समाजवादी पार्टी नेपाल, कार्यकारिणि समितीको आज २०७९ असोज १५ गतेको बैठक द्घारा गरिएको निणॅयः
हाम्रो पाटिॅको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भई रहेको सीट बाँडफाँट सम्बन्धि छलफलमा हाम्रो पार्टीको लागि संतोषजनक अवस्था नदेखिएको हुंदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सीटको तालमेल गर्न सकिने छ ।

सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निवॉचनमा भाग लिने निर्णय गरिन्छ।

मनिष कुमार सुमन
प्रवक्ता, जसपा( नेपाल

तपाईको प्रतिक्रिया