Khadya Bibhag

सरकारबाट मन्त्री फिर्ता नबोलाउने उपेन्द्र यादवको स्पष्टोक्ति

काठमाडौं असोज २२ गते । जनता समाज पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट मन्त्री फिर्ता नबोलाउने बताउनु भएको छ ।

यो चुनावी सरकार भएको कारण सरकारबाट मन्त्री फिर्ता बोलाउन नहुने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, “यो सरकार चुनावी सरकार हो, यो सरकार चुनाव गराउनका लागि मात्रै हो। त्यसैले यसमा भित्रिने र बाहिरिनेले अर्थ राख्दैन।”

आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरु चुनाव गराउनमा सरकारलाई सहयोग गर्ने बताउदै उहाँले भन्नुभयो,  “चुनाव गराउने बेलामा उथलपुथल गर्नुहुँदैन।”

सरकारप्रति आफूहरूको असहमति नरहेको बताउँदै उहाँले आफुहरु सरकारको समर्थन फिर्ता नलिएको पनि बताउनु भयो । मात्रै गठबन्धन गर्दा सिटको तालमेल नमिलेको अध्यक्ष यादवले बताउनु भयो ।

सरकार र चुनावी गठबन्धन दुवै अलग विषय हुन्, यसलाई सँगै राखेर हेर्न नहुने उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया