Khadya Bibhag

किताब बेचेर चुनाव लड्ने तयारीमा रामरिझन यादव

सिरहा असोज २२ गते । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले सिरहा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिने भएको छ ।

उहाँले यसपटक किताब बेचेर चुनाव लड्ने तयारीमा हुनुहुन्छ । उहाँले मधेश राजनीतिलाई समेटेर माखे साङ्लो किताब प्रकाशन गर्नु भएको छ । उहाँँले चुनावमा त्यो किताब बेचेर निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । एक भोट, एक किताबको अभियान उहाँले चलाउनु हुन्छ ।

जहाँ भोट माग्न जानु हुन्छ त्यहाँ उहाँले मतदातासँँग किताब किन्न पनि आग्रह गर्नु हुनेछ ।

उहाँ भन्नुहुन्छ, “म नेपाल समाजवादी पार्टीमा छैन मलाई केन्द्रीय सदस्यमा जवरजस्ती राखेको छ ।”

तपाईको प्रतिक्रिया