सिके राउतका लागि पनि आफ्नो दाजु नै प्यारो

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो दाजु डा.जयकान्त राउतलाई सप्तरी १ का लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउनु भएको छ । यसरी आफ्नै दाजुलाई उम्मेदवार बनाएपछि पार्टीमा राउतको आलोचना भइरहेको छ ।

स्वतन्त्र गठबन्धन भएकै बेलादेखि सिके राउतलाई साथ दिएका नेताहरुलाई पाखा लगाएर आफ्नो सहोदर दाजुलाई उम्मेदवार बनाएपछि पार्टीमा आलोचना शुरु भएको छ । जनमत पार्टीका एक केन्द्रीय सदस्यले भन्नुभयो, सिके राउतले जति सैद्धान्तिक कुरा गरेपनि अहिले आएर उहाँमा पनि परिवारवादको मोह देखिएको छ ।

पार्टीमा आन्दोलन तथा विभिन्न संघर्ष गरेर योगदान दिएका नेतालाई सिके राउतले किनारा लगाउँदै नव आगुन्तलाई स्थान दिएको गुनासो गर्दै ती नेताले सिके राउतको मुखमा मात्र क्रान्तिको कुरा हुन्छ व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभयो ।

सप्तरीका सुरेन्द्र मधेशी सिके राउतलाई हरेक आन्दोलन तथा संघर्षमा सहयोग गर्दै आउनु भएको थियो तर उहाँलाई सप्तरी ३ मा प्रतिनिधिसभाका लागि टिकट नदिएपछि उहाँ जनमत पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया