उपेन्द्र यादवको दावी, लोसपाले तीन प्रतिशत मत कटाउन सक्दैन’

सप्तरी कात्तिक २९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई पनि सच्याउनु पर्नेमा जोड दिनुभएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अहिलको निर्वाचन प्रणाली अति नै खर्चिलो छ, पैसा नहुने तर निर्वाचनका लागि योग्य उम्मेदवारले पनि भाग लिन पाउने अवसरका लागि निर्वाचन प्रणालीमा सुधारको आवश्यकता छ ।’

त्यसपछि मात्र सांसदको खरिद–बिक्री बन्द हुने उहाँले बताउनुभयो । उहाँले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो । ‘सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ।
सप्तरीको विकास लागि शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारहरुको विकास आवश्यक रहेको बताउँदै उहाँले ती कार्यहरु सुरु भइसकेको र आगामी दिनमा पूरा गरि छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

नेता यादवले लोकतान्त्रिक समाजवादी पार्टी मधेशीको भावना विपरित अल्गिएको गएका कारण उनीहरुको आगामी निर्वाचनमा ३ प्रतिशत पनि मत नपुग्ने दावी गर्नुभयो ।

नेकपा एमालेका जिल्ला सहससचिव प्रभाकर सिंह तथा जसपाका प्रदेश कमिटी सदस्य सत्यनारायण यादवको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका नेता तथा पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह, मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, पार्टी प्रवक्ता मनिषकुमार सुमन, महिला नेतृ तथा संविधान सभा सदस्य सदस्य रन्जु ठाकुर, पार्टीका केन्द्रीय सदस्य शैलेन्द्रमोहन झा लगायतले सम्बोधन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया