Khadya Bibhag

गणेश परिक्रमामा युवा नेतृत्व (फरकमत)

आफ्ना सुप्रिमोको इसारा बेगर दायाँ बायाँ पनि हेर्न पाउँदैन । ताङ्गा गाडीको घोडा जस्तै मालिकको इसारामा सीधा मात्र हेरेर कुद्नु पर्ने हुन्छ । ठिकसँग हिडेन भने चामुक पनि हान्छन् ।

–बलराम यादव
आज म मधेशी राजनितीमा लागेका श्रेष्ठ युवा जसले तत्कालीन नेपाल सदभावना पार्टी, मधेशी जन अधिकार फोरम नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टीहरुबाट आफ्ना राजनैतिक कैरियर शुरुआत गरे । उनीहरुको चरित्रका बारेमा विश्लेशण गर्दैछु । युवा भनेको देशका कर्णधार हुन् । देशका भविष्य हुन् । भविष्यले युवालाई नै पर्खेका हुन्छन् । देश बिग्रियो भने आउने सन्तती तथा युवाले बनाउँछन् भन्छन् । आफ्नै घरपरिवारमा केही भयो भने छाड् दिनुस् हामी गर्न सकेनौं हाम्रा छोराछोरीले गर्छन् । अर्थात सबैले युवामाथि नै आशा जमाएर बसेका हुन्छन् कि भविष्यमा यसले केही गर्छन् । र, यो कुरा राजनीतिमा सबभन्दा बढी लागु हुन्छ ।

तर नेपालको राजनीतिक घटनाक्रमलाई नियाल्दा ती अधिकाँश युवा नेतृत्वको विकास उनीहरुका पार्टीमा रहेका सुप्रिमोहरुमा निर्भर पर्दछ । खासगरी मधेशी दलमा आवद्ध युवाको लगाम उनीहरुको सुप्रिमोका हातमा हुन्छ । आफ्ना सुप्रिमोको इसारा बेगर दायाँ बायाँ पनि हेर्न पाउँदैन । ताङ्गा गाडीको घोडा जस्तै मालिकको इसारामा सीधा मात्र हेरेर कुद्नु पर्ने हुन्छ । ठिकसँग हिडेन भने चामुक पनि हान्छन् ।
युवाले मधेश–अधिकारको संघर्षको अनुभव र आफ्ना स्व–अध्ययन र चिन्तनबाट नै आफ्नो नेतृत्वको विकास गर्ने हो, जो पट्टकै देखिदैनन् जबकी मधेशका सुप्रिमोहरुको विगतको राजनीति हेर्दा उनीहरु कोही कम्युनिस्ट र कोही काँग्रेस पार्टीका स्कुलिङ्गबाट आएका हुन् । उनीहरु कोही बीपीको विचारबाट त कोही क.पुष्पलालको विचारबाट प्रभावित भएर आफ्ना राजनीतिक जीवन सुरुवात गरेका छन् । बीपी, पुष्पलालहरुले नेपालका विभिन्न आन्दोलनमा आफ्ना योगदान दिई आफ्नो नेतृत्वको विकास गरी स्थापित भए ।

तर अहिले मधेशको नेतृत्व गरिरहेकाहरुबाट मधेशमा तीनवटा आन्दोलनहरु भएपनि यी नेतृत्वगणको परम्परावादी राजनीतिका कारण मधेशले खोजेका परिवर्तन हुन सकिरहेका छैन र भोलीका दिनमा अहिलेका भनाउँदा श्रेष्ठहरुबाट मधेशी अधिकार÷मुक्तिको संघर्षलाई अगाडी बढाउनेमा सवाल उत्पन्न भएको छ किनभने यी युवापनि आफ्ना नेतृत्व जस्तै आफूलाई मुख्यमन्त्री, मन्त्री र माननीय बन्नमा नै आफ्नो जीवनको प्रमुख उद्देश्य ठानेका छन्, जसलाई प्राप्त गर्न नेतृत्वगणको चाकरी र चापलूसी गर्न अथवा गणेश–प्रवृति (परिक्रमा)मा नै लिन देखिन्छ ।

अहिलेका नेतृत्वगणले पनि पराक्रमी भन्दा परिक्रमा गर्ने युवालाई रुचाउँछन् र संगठनमा स्थान दिन्छन् भने अवसरमा पनि उनीहरुको नै हाली मुहाली हुन्छन् । संघ र प्रदेशमा मन्त्रीहरु बनेका युवाको कर्तूत हेर्दा एकदम घृणित छन् । मधेश प्रदेशमा मुख्यमन्त्रीदेखी मन्त्री बनेका युवा यहाँका जनतालाई सर्भिस डिलेभरी दिन सकेनन् र यिनीहरुका भ्रष्ट मानसिकता जनताका बीच छताछूल भई सकेको कुरा कसैबाट लुकेका छैनन् ।

जबकी राष्ट्रिय पार्टीका केही युवाहरु जस्तै गगन थापा र गोकर्ण विष्ट जस्ता सत्तामा अवसर पाउँदा उनीहरुले आफ्ना पराक्रम देखाई सकेका छन् भने गगन थापाहरु देशको प्रधानमन्त्रीको रुपमा नेतृत्व दिन सक्ने क्षमता राख्दछन् भने उ आफ्ना पार्टीको पनि नेतृत्व लिन सक्ने क्षमता राख्छन् तर हाम्रा मधेशका भनाउँदा श्रेष्ठ युवा मन्त्री र माननीय बन्नमा नै आफूलाई सिमित राखेका छन् ।

र जसले यो अवसर पनि पाएका छैनन् उनीहरु यो अवसर पाउनका लागि आआफ्ना सुप्रिमोलाई चाकरी र चापलुसीको साथै गणेश प्रवृत्तिलाई नै अवलम्बन गरेका छन् ।

जबकी सन्निकट चुनावमा मधेशी दलका नेतृत्वगणकै शाख धरापमा छन् भने यस्ता युवाका हालत के होला ?? त्यस्तै हाम्रा मधेशी दलहरु आसन्न चुनावमा आफूमा तालमेल÷गठबन्धन नगरी कोही काँग्रेस त कोही एमालेसँग गठबन्धन गरी शाख बचाउनमा नै छन् भने अगामी दिनमा यिनीहरुद्वारा मधेशी अधिकारकको संघर्षलाई कसरी बढाउन सक्छ भने सवाल खडा भएको छ ।

र यी दलका युवा परम्परागत शैलीको राजनीति गर्न रुचाएको कारण अगामी दिनमा मधेशको मुल मुद्दा भनेको मधेश मधेशीद्वारा शासित (ःबमजभकज कजयगमि दभ चगभिम दथ ःबमजभकजभभ उभयउभि) कसरी हुने मुल चिंताको विषय यहि नै हो ।
(लेखक बलराम यादव सप्तरीका समाजिक अगुवा कार्यकर्ता हुनुहुन्छ)

तपाईको प्रतिक्रिया