उपेन्द्र यादव जित्ने भएपछि सिके राउत र जेेपी ठाकुरलाई मिलाउने कसरत

सप्तरी मंसिर १ गते । सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जेपी ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच त्रिकोणाात्मक प्रतिस्पर्धा हुने भएको छ ।
यो प्रतिस्पर्धामा जसपाका अध्यक्ष यादव अगाडि देखिनु भएको छ । सप्तरी २ को मतदाताको रुझान उपेन्द्र यादवप्रति देखिएको छ । सिके राउत र जेपी ठाकुरको तुलना उपेन्द्र यादव भारी उमेदवार र राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा राम्रो सम्बन्ध भएको कारणा सप्तरी २ का जनता उहाँलाई रुचाएका छन् ।
सिके राउतले मधेसी जनताको नाममा १२ वर्षदेखि लगातार आन्दोलन गर्दै आउनु भएको छ तर हालसम्म निष्कर्षमा पुग्नु भएको छैन ।
नेपाल सद्भावना पार्टीका पुरानो नेता दिलिप सिंहले भन्नुभयो,-सिके राउत आफैमा अलमलमा हुनुहुन्छ र मधेशलाई पनि अलमलमा राख्नु भएको छ तर उपेन्द्र यादव मधेशको आन्दोलन गर्नुभयो एउटा निष्कर्षमा पुर्याउनु भयो त्यो कति सफल भए कति असफल त्यो आफ्नो ठाउँको कुरा हो तर आफ्नो मिसनमा सफल हुनुहुन्छ ।”
तर सिके राउत मधेसलाई अलमलमा राखेर आफू पनि समाप्त भइरहनु भएको छ र मधेसका केही युवाको जीवन बर्बाद गरिरहेको टिप्पणी भइरहेको छ ।
जेपी ठाकुर व्यपारी हुनुहुन्छ उहाँलाई मधेस र मधेसीको मुद्दासँग कुनै मतलब नरहेको टिप्पणी भइरहेको छ । उहाँले चुनाव आफ्नो राजनीति फाइदाका लागि गरिरहेको गुनासो राजविराजमा सुन्न पाइन्छ ।
उपेन्द्र यादवले शिक्षा र स्वास्थ्यमा गरेको विकास जेपी ठाकुरलाई नपचेको जसपाका नेताहरूको दावी छ । सिरहाबाट सप्तरी आएर शिक्षा र स्वास्थ्यको व्यपारमा लाग्नु भएका जेपी ठाकुरलाई राजविराजमा उपेन्द्र यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज, कृषि विश्व विद्यालय निर्माण गरेको कार्य जेपी ठाकुरलाई नपचेको राजविराजभर चर्चाको विषय बनेको छ ।
त्यही भएर कसरी हुन्छ उपेन्द्र यादवलाई हराउने र सप्तरीको राजनीतिमा कब्जा गर्ने रणनीतिमा जेपी ठाकुर हुनुहुन्छ ।
सारा देशीविदेशी शक्ति लगाएर पनि उपेन्द्र यादवलाई हराउन नसक्ने अवस्था देखेपछि ती शक्ति केन्द्रहरू सिके र जेपी ठाकुरलाई मिलाउने कसरतमा लागेका छन् ।
सिके र जेपी ठाकुर मिले मात्र उपेन्द्रलाई हराउन सकिन्छ भनी बुझेर विदेशी एजेन्टहरु सो कसरतमा लागेका छन् । उपेन्द्रलाई हराउन सप्तरीमा डेरा जमाएर बसेका ती एजेन्टहरू सिकेलाई समर्थन गर्न जेपीलाई दवाव दिई रहेका छन् । तर जेपी ठाकुर मिल्ने पक्षमा नदेखिएको स्रोतले जनाएको छ ।
जेपी सिकेसँग मिल्न तयार नभएपछि एजेन्टहरु लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि दवाव दिएका छन् । महन्थ ठाकुर सकारात्मक देखिए पनि जेपी ठाकुर मानिरहनु भएको छैन । २०७४ को चुनावमा पनि महन्थ ठाकुरले उपेन्द्रलाई सघाउन भन्नू भएको थियो तर जेपी ठाकुरले मान्नु भएको थिएन । त्यहि भएर उहाँ हार्नु भएको थियो यसपाली पनि त्यही हुने सम्भावना बढ्दैछ ।
सिके र जेपि मिलाउन चौतर्फी दवाव परिरहेको छ ।

तपाईको प्रतिक्रिया