चित्रलेखा यादवलाई हराउँदै जित्नुभयो राजकिशोर यादव

सिरहा 10 गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव सिरहा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । एमाले जसपाका साझा उम्मेदवार नेता राजकिशोर यादवले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्नुभएको छ ।

निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गर्नु भएको छ भने चित्रलेखाले २३ हजार २८ मत प्राप्त गर्नुभएको छ । उहाँहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो हुनु भएको छ । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया