पठानले गरे रेकर्ड ब्रेक

शाहरूख खान अभिनित पठानले कीर्तिमानी कमाइ गरेको छ । २५ जनवरीमा रिलिज भएको फिल्मले पहिलो दिन ५३ करोड भारतीय रुपियाँ कमाइ गरेको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छ ।

‘ननविकेन्ड’ मा यो कमाइ कीर्तिमानी रहेको विश्लेषक कोमल नहाटाले दावी गरेका छन् । भारतबाहेक पठानले ४ करोड कमाइ गरेको तथ्यांक सार्वजनिक भएको छ । फिल्ममा शाहरूख खानसँगै दीपिका पादुकोन र जोहन अब्राहमको अभिनय रहेको छ । पठानको ‘बेसरम’ गीत सार्वजनिक भएपछि विवादित बनेको थियो । हिन्दु संगठनले भारतको इन्दोर, ग्वालियर, बैंग्लोरलगायत क्षेत्रमा फिल्म प्रदर्शनमा रोक लगाएको छ ।

त्यसका बावजुद पनि फिल्मले ‘विकेन्ड’ मा ऐतिहासिक कमाइ गर्ने विश्लेषकहरूको भनाइ छ । यसअघि विकेन्डमा वारले ५३.३५ करोड र थग्स अफ हिन्दुस्तानले ५२ करोड कमाइ गरेको थियो ।

तपाईको प्रतिक्रिया