Khadya Bibhag

सिरहा समाजले गर्यो सांसदलाई स्वागत

सिरहा समाज सेवाले आज शनिवार एक कार्यक्रम गरी सिरहा जिल्लाबाट प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ११ जना सांसदहरुलाई स्वागत तथा सम्मान गरेको छ । काठमाडौँको बत्तिसपुतलीमा सिरहा समाजले एक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई स्वागत तथा सम्मान गरेको छ ।


कोही प्रत्यक्ष जितेर त कोही समानुपातिकबाट संसदमा आउनु भएको छ । आफ्नो पदप्रति जिम्मेवारी बोध गराउनका लागि सिरहा समाजले सो सम्मान तथा स्वागत गरेको हो ।

समाजका अध्यक्ष विष्णु साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी ९८ वर्षीय गौरीशंकर लाल दास हुनुहुन्थ्यो । प्रतिनिधि सभाका सदस्य लिलानाथ श्रेष्ठ, प्रकाश अधिकारी, राजकिशोर यादव, जुली महतो, प्रकाश अधिकारी, गंगाप्रसाद यादव, डा.विरेन्द्र महतो, रामचन्द्र यादव, विनिता सिंह, मञ्जु खाँण, सम्झना थपलिया तथा राष्ट्रिय सभाका सदस्य मोहम्मद खालिद सिद्धिकीलाई स्वागत तथा सम्मान गरिएको समाजका अध्यक्ष विष्णु साहले बताउनुभयो । ्


१० जना प्रतिनिधि सभा र एकजना राष्ट्रिय सभाका सदस्य गरी ११ जनालाई सम्मान गरेको उहाँले बताउनुभयो । यसरी प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा आउने सांसदलाई समाजले विगतदेखि सम्मान तथा स्वागत गर्दै आएको हो । प्रदेश सांसदहरुलाई जिल्लामा गएर नै सम्मान गर्ने अध्यक्ष साहले बताउनुभयो । यसपटक पालिकाका मेयर तथा अध्यक्षलाई पनि सम्मान गर्ने तयारी भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया