Khadya Bibhag

अमेरिकी खुफिया प्रमुख जोसेफको भ्रमणलाई किन रोके प्रधानमन्त्री प्रचण्डले ?

काठमाडौँ फागुन ११ गते । अमेरिकी प्रशासनको कुनै ठूलो अधिकारी कुनै देशमा जान चाहन्छन् र त्यो देशको सरकारले त्यसलाई आउन न देओस्, यस्तो प्राय हुँदैन ।

तर नेपालले यसरी अमेरिकाको अधिकारीलाई भ्रमणबाट बञ्चित गरेको छ । अमेरिका जासुसी संस्था (सीआइए) को निर्देशक नेपाल भ्रमणमा आउन चाहनु भएको थियो तर उहाँलाई रोकिएको छ । सीआइएको निर्देशक विलियम जोसेफ बन्र्स दुई दिनका लागि नेपाल आउने तयारी अवस्थामा हुनुहुन्थ्यो ।

भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपालबाट फर्केकै भोलीपल्ट अर्थात फागुन ३ र ४ गतेका लागि नेपाल भ्रमणको तयारी थियो । नेपाल आउनका लािग सबै तयारी पुरा भएको थियो । हवाई रुटको अनुमति लिइसकेको थियो । नेपालमा ककसलाई भेट्ने कहाँ भेट्न सबै तयारी पुरा भएको थियो तर आउनु भन्दा एक दिनपहिले नेपालको तर्फबाट भ्रमण रद्द गरिएको थियो ।

स्रोतका अनुसार सरकारको तर्फबाट नै त्यो भ्रमणलाई रोकेको हो । यसले नेपालस्थित अमेरिकी दूतावास स्तब्ध छ । सरकारले भ्रमण रोकेको बारेमा दूतावासले चित्त दुखाएको छ । अमेरिकाको प्रशासन पनि यो विषयलाई लिएर आश्चर्यमा परेको छ कि नेपालले आखिर यस्तो गर्यो किन ?

सीआइएको निर्देशक विलियम जोसेफ आफूसहित केही अधिकारीलाई लिएर समेत नेपाल आउन लाग्नुभएको थियो । त्यसका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा तीनवटा जेट ओर्लने थियो । त्यसका लागि विमानस्थलबाट अनुमति पनि लिइसकेको थियो । सीआइएको निर्देशक विलियम जोसेफ र उहाँका साथमा आउने अधिकारीका लािग चढ्ने गाडी पनि सोही जहाजबाट आउने तयारी थियो ।

तर सबै तयारीमा नेपाल सरकारले रोक लगाई दिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले नै सो भ्रमणमा रोकन लगाउनु भएको हो । अमेरिकाबाट लगातार प्रतिनिधिहरु आइरहेको र यो अवस्थामा सीआइएको निर्देशक विलियम जोसेफ पनि आउँदा नेपालमा गलत सन्देश जाने भएकाले त्यो भ्रमणमा रोक लगाउनु भएको स्रोतले दावी गरेको छ ।

नेपालमा अहिले नयाँ राष्ट्रपति चयनका विषयलाई लिएर दलहरुको बीचमा तनाव चलिरहेको छ । सोही अवस्थामा अ‍ेमेरिकी सीआइएको निर्देशक विलियम जोसेफको भ्रमण भयो भने त्यसले नराम्रो सन्देश जान्थ्यो त्यसले गर्दा प्रधानमन्त्री प्रचण्ड स्वयंंले त्यो भ्रमणलाई रोक्नु भएको हो ।

तपाईको प्रतिक्रिया