Khadya Bibhag

काँग्रेसको राष्ट्रिपतिलाई जसपाको समर्थन

काठमाडौंँ फागुन १३ गते । जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै जसपाको बैठकले औपचारिक निर्णय गरेको हो । उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरुबीच सैद्धान्तिक सहमति भएपनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल नभएको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया