औरही गाउँपालिकाद्वारा उपप्रधानमन्त्री श्रेष्ठलाई अनुरोध पत्र

सिरहा फागुन १५ गते । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनु भएका उपप्रधान तथा भौतिक योजना तथा यायायात मन्त्री नारायणकाजी श्रेष्ठ सिरहा–धनुषा जोड्ने कमला नदीमा भासिएको पुल अवलोकन गर्न जाने क्रममा औरही गाउँपालिकाको पनि अवलोकन गर्नुभयो ।

औरही गाउँपालिका र त्यस वरपरको विकास कार्य अवलोकन गर्ने जानु भएका उपप्रधानमन्त्री श्रेष्ठलाई औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले पालिकाको कार्यालयमा स्वागत गर्नुहुँदैन केही विकास निर्माण कार्यप्रति ध्यानाकर्षण गराउनु भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाइएको अनुरोध पत्रमा विद्यालयको पूर्वाधार तथा शिक्षक व्यवस्थापन, स्वास्थ्य कार्यालयमा दरबन्दी अनुसारको डाक्टर तथा कर्मचारी व्यवस्थापन, यतायात सम्बन्धी पाँचै वटै वडामा पुग्ने रिङरोड तथा पुल पुलेसा निर्माणका ला िअध्यक्ष यादवल अनुरोध गर्नुभएको छ ।

त्यस्तै, कृषि विद्युतीकरण तथा सिंचाई व्यवस्थापन, सौर्य उर्जा र खानेपानीको व्यवस्थापन र सुजमावि औरहीको हुलाकी सडकदेखि कमला नहर हुँदै सुखीपुरसम्मको सडक निर्माणका लािग उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया