बुथ कब्जाको हल्ला फिजाएर सिके राउतले जनतामा भ्रम फैलाउने काम गर्दैछ–जसपा

बारा बैशाख १० गते । जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीले बारा–२ मा बुथ कब्जा गरेको भ्रमा फैलाउने काम गरेको जनता समाजवादी पार्टीले जनाएको छ । जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले हरेक बुथमा शान्तिपूर्ण मतदान भइरहेका छन् तर जनमत पार्टीका अध्यक्ष सिके राउतले जनतामा भ्रम फैलाउनका लागि हिजैदेखि बुथ कब्जाको हल्ला गरिरहेको बताउनुभयो ।
सञ्चारकर्मी तथा विभिन्न संघ संस्थाले मतदान केन्द्रको अवलोकन गरिरहेका छन् त्यस्तो कही केही भइरहेको छैन तर जनमत पार्टीका अध्यक्ष राउतले चुनावमा अशान्ति मचाउन, जनतामा भ्रम छर्न यस्तो खालको हल्ला गराएको दावी उहाँले गर्नुभएको छ ।
उहाँले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘सिके राउतको यो अभिव्यक्ति हारको मानसिकता हो, चुनाव हार्ने निश्चित भएपछि जनतामा अहिलेदेखि भ्रण छर्न सुरु गर्नुभएको छ, भोली चुनाव हारेपछि भन्नलाई हुन्छ कि जसपाले बुथ कब्जा गरेर चुनाव जितेको हो जुन सरासर गलत हो, सिके राउत कस्तो स्टन्टवाज हो यसले पनि पुष्टि हुन्छ ।’

तपाईको प्रतिक्रिया