बाराका मतदातालाई उपेन्द्र यादवले दिए धन्यवाद

काठमाडौँ बैशाख १० गते । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा २ का प्रतिनिधि सभाका उम्मेदवार उपेन्द्र यादवले बाराका मतदातालाई धन्यवाद दिनुभएको छ ।

उहाँले आफ्नो आधिकारिक फेसबुकमार्फत भन्नुभएको छ, ‘बारा क्षेत्र नम्बर २ का जनताबाट मैले पाएको मतको लागि म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास र महत्वपूर्ण भूमिकाको मूल्यांकन गर्ने यो मौका मेरो लागि अत्यन्तै महत्वपूर्ण छ । फेरि एकदम धन्यवाद दिन चाहन्छु।’

बारा २ मा आज उपनिर्वाचन सम्पन्न भएको छ । त्यहाँ ६५ प्रतिशत मत खसेका छन् । मतगणना गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया