‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धी मुलक’

काठमाडौँ जेठ २२ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै सम्पन्न गरेको भारत भ्रमण उपलब्धीमुलक रहेको बताउनु भएको छ ।

अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी भ्रमणको क्रममा भएको जलस्रोत, विद्युत व्यपार र परिवहनसँग सम्बन्धित सम्झौताहरु नेपालको समग्र आर्थिक विकास र लगानी अभिवृद्धिको क्षेत्रमा कोसेढुङ्गा सावित हुने बताउनु भएको छ ।

भ्रमणले दुवै देशको आपसी विश्वासमा अभिवृद्धि हुनुको साथै साँस्कृतिक, समाजिक र शदियौंदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुति एवं प्रगाढता प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया