Khadya Bibhag

रञ्जिताले गरेको गल्तीलाई करेक्सन गर्दै रेशम चौधरी

२०७४ मा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभामा कैलालीबाट चुनावी जित्नुभएका रेशम चौधरी टिकापुर घटनाको मुख्य दोषी करार गर्दै जिल्ला अदालत कैलालीले उहाँलाई जन्मकैदको फैसला सुनाएको थियो । तर उहाँ राष्ट्रपतिबाट आमामाफी पाएर बाहिर निस्किनु भएको छ ।

बाहिर निस्केर रेशम चौधरी भन्ने गर्नुभएको छ, ‘रञ्जना थरुनीले सरकार चलाउनु हुन्छ म पार्टी चलाउछु ।’ जेलमै रहेको बेला आफ्नी श्रीमती रञ्जना श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी बनाउनु भएका रेशम चौधरीले जेलबाट नै चुनाव जिताएर उहाँलाई मन्त्रीसम्म बनाउन सफल हुनुभयो ।

तर यी सबको जस उहाँले आफ्नो श्रीमती श्रेष्ठलाई दिनुहुन्छ । उहाँ भन्ने गर्नुहुुन्छ, ‘रञ्जना श्रेष्ठ नेवारकी छोरी हुन् तर उनी थरुनी भइन् । थरुनी भएर थारुको सेवामा दिन रात खटिइन्, गाउँगाउँ, घरघर गएर संगठन बनाइन् आज मन्त्री भइन् त्यसैले उनी सरकार चलाउँछिन् म पार्टी चलाउँछु ।’ यो भन्दै उहाँ देश दौडाहा निस्कनु भएको छ । कैलालीको आफ्नो क्षेत्र तथा जिल्लामा डुलिरहनु भएको छ । विभिन्न व्यक्तिसँग भेटघाट गरिरहनु भएको छ । तराईका अन्य जिल्लामा पनि उहाँ पुग्ने गर्नुभएको छ ।

काठमाडौँमा पनि विभिन्न नेताहरुसँग भेटघाट गर्ने गर्नुभएको छ । उहाँले जेठ ३० गते जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई पनि भेट्नु भएको छ । जनमतको पार्टी कार्यालयमा गएर अध्यक्ष राउतलाई भेट्नुभएको छ । दुई जनाको बीचमा बैकल्पिक शक्ति निर्माणको विषयमा कुराकानी भयो । आफू जेलमा भएको बेला दुई पार्टीको बीचमा बनेको गठबन्धनलाई पुनः सक्रिय गर्न नेता रेशम चौधरीको आग्रह थियो ।

गठबन्धन बनाएपनि सहकार्य हुन सकेन अब त्यसलाई करेक्सन गर्दै अगाडि बढौं भनि मेरो सुझाव हो, रेशमले अध्यक्ष राउतलाई भनेको कुरालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब अगामी दिनमा सहकार्य गरेर अगाडि बढ्नुपर्छ, त्यसका लागि निकट भविष्यमा छलफल गरौं र एउटा निर्णयमा पुर्गौं ।’

तर नेता चौधरीले अध्यक्ष राउतसँग समान्य भेटघाट मात्र रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘म जेलबाट निस्केपछि सबैलाई भेटिरहेको छु, त्यही क्रममा सिकेजीलाई भेटेको हुँ त्यो समान्य भेटघाट थियो ।’ राजनीतिकमा भएपछि कहिले कोसँग त कहिले कोसँग सहकार्य र कार्यगत एकता गरिरहनु पर्ने हुन्छ, निकट भविष्यमा सिके राउतसँग पनि कुराकानी हुनसक्छ तर अहिले त्यस्तो केही छलफल नभएको उहाँले दावी गर्नुभयो ।

२०७९ पुस २४ गते दुई दलको बीचमा कार्यगत एकताका लागि १२ बुँदे सम्झौता भएको थियो । दुवै दलमा कार्यगत एकता भए पनि त्यसपछि कुनै छलफल भएन । कुनै विषयमा सहकार्य भएन । त्यसपछि फागुन २७ गते जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको थियो ।

सहमतिपत्रमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । तर त्यो कार्यगत एकताले पनि काम गरेन । राष्ट्रपति, उपराष्ट्रपति चयनदेखि सरकार निर्माण तथा उपनिर्वाचनमा पनि आआफ्नो बाटो लागेका थिए । कार्यगत हुँदा पनि सहकार्य नभएको कुरालाई स्विकार गर्दै रेशम चौधरीले अगामी दिनमा एक भएर अगाडि बढ्ने प्रतिवताद्धता जनाएको जसपाका एक नेताले बताउनुभयो ।

तपाईको प्रतिक्रिया