Khadya Bibhag

सिरहामा सुचनाको हकका लागि क्रान्ति ल्याउनु भएको साह सम्मानित

सिरहा भदौं ४ गते । १७ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना हकका अभियानी पर्शुराम साह सम्मानित हुनुभएको छ ।
सिरहा पुस्तकालय र बास नेपालको संयुक्त आयोजनमा आइतवार सिरहाको सिरहा पुस्तकालयमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरेको हो ।

पर्शुराम साह शारीरिक रुपले अपाङ भएपनि शिक्षण कार्य र सूचनाको अभियानलाई पनि सँगसँगै अगाडि बढाई रहनु भएको छ ।
सिरहाका लागि सुचनाको क्षेत्रमा एउटा क्रान्ति ल्याउनु भएको साहले अधिकाँश पालिका तथा कार्यालयमा सूचना अधिकार तोक्न लगाएर फ्ल्यासबोर्ड समेत झुण्डाउन लगाउनु भएको छ । सूचना माग्ने उहाँको कार्य सिरहामा मात्र सिमित छैन, देशैभरका पालिका तथा अन्य कार्यालयहरुसँग सूचना माग गरी त्यहाँका जनतालाई सूचनाको पहुँचमा पुर्याउने काम गर्नुभएको छ ।

उहाँ शिक्षण पेसामा पनि त्यतिकै सक्रिय हुनुहुन्छ । त्यसबाट बाँकी रहेको समयलाई सूचनाको अभियानका लागि प्रयोग गर्दै आउनु भएको छ । सूचनाको अभियान चलाइ रहँदा अनेक चुनौतीको सामना गर्नुभएका साहलाई पटक पटक ज्यान मार्ने धम्की समेत आएको छ ।
सिरहा नगरपालिकासँग सूचना माग गर्दा उहाँलाई विद्यालयबाट सरुवा गरिएको थियो । तर उहाँ आफ्नो सरुवा मुद्दा जितेर स्थगित गराउन सफल हुनुभयो ।

सिरहाका नगरपाकिला तत्कालिन प्रशासकिय अधिकृत बलिराम यादवसँग सूचना माग गर्दा हउाँले सूचना लुकाउनु भएको थियो । पटक पटक माग गरेपनि सूचना नदिइ त्यसलाई लुकाउने काम गर्नुभएको आरोपमा बलिरामलाई राष्ट्रिय सूचना आयोगले १५ सय जरिवाना समेत गरेको थियो ।

जरिमाना गराउनेमा मुख्य भूमिका अभियन्ता साहको थियो । साहलाई मधेश प्रदेश सभाका सदस्य जीवछी यादवले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

उहाँले सिरहामा मात्र होइन, अन्य जिल्लाका कार्यालय तथा पालिकाहरुसँग सूचना मागेर नागरिकलाई सूचना दिने काम गर्नुभएको छ । उहाँले नागरिकलाई सूचना माग्नका लागि प्रेरित पनि गर्नुभएको छ ।

लेखक एवं समाजिक अभियन्ता रामरिझन यादवले सिरहाजस्तो जिल्लामा अभियन्ता साहले सूचनाको हकको लागि जो काम गरेका छन् त्यो तारिफयोग्यो रहेको बताउनु भएको छ ।

साह शारीरिक रूपले अपाङ्ग भए पनि मानसिक रूपमा लाखौ सपाङ्ग भन्दा राम्रो काम गरिरहेको बताउँदै उहाँले सूचनाको हक के हुन्छ भन्ने कुराको ज्ञान लाखौ जिल्लाबासीलाई साहले दिनु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्लाको हरेक कार्यालयको अगाडि फोटोसहित सूचना अधिकारी लेखिएको हुन्छ त्यो परशुराम साहको देन हो ।’
‘सूचना मागौँ, भ्रष्टाचार अन्त गरौँ’ नारासहित सूचना दिवस कार्यक्रमा मधेस प्रदेशका पूर्वराज्यमन्त्री सञ्जयकुमार यादव, प्रदेश सभा सदस्य जिवछीकुमारी यादव, सहायक प्रमुख जिल्ला अधिकारी आनन्दराज पौडेललगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागि हुनुहुन्थ्यो ।

सो कार्यक्रममा साहसँग पत्रकार बद्री यादवलाई पनि सम्मान गरेको छ । सूचनाको अभियान सफल बनाउन यादवको योगदान रहेको बताइएको छ । कार्यक्रममा सूचनाको हकसम्बन्धीको कार्यपत्र सूचना अभियनता साहले प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया