सर्लाही, भदौं १४ गते । सर्लाही जिल्लाका चार स्थानीय तहले आर्थिक वर्ष २०८०÷८१ को बजेट अझै सार्वजानिक गरेका छैनन् ।
जिल्लाका हरिपूर्वा नगरपालिका, हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको बजेट ल्याउनु पर्ने व्यवस्था रहेको छ । तर ती पालिकामा जनप्रतिनिधि बीचको आपसी झगडाका कारण बजेट ल्याउन सकेका छैन्न ।
हरिपूर्वा नगरपालिकामा तालाबन्दी रहेका कारण बजेट ल्याउन नसकिएको नगर प्रमुख विनोद साहले बताउनुभयो । चन्द्रनगर गाउँपालिका र बसबरिया गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य आन्दोलनमा रहेका कारण बजेट ल्याउन नसकिएको बताइएको छ ।
हरिवन नगरपालिकामा प्रतिनिधिहरुको बीचमा सहमति नभएको कारण बजेट ल्याउन नसकेको हो । सर्लाहीमा २० वटा पालिका छन् ।
तपाईको प्रतिक्रिया