काठमाडौँ भदौं १४ गते । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी युनियन (नेविसंघ) आज चीनको दूतावास अगाडि प्रदर्शन गरेको छ । चीनले आफ्नो स्ट्यान्डर्ड म्याप सार्वजनिक गर्दा त्यसमा नेपालको चुच्चै भएको नक्सा नभएको भन्दै त्यसको चौतर्फी विरोध भइरहेको छ ।
नेवि संघले प्रदर्शन गर्नुअघि नक्सा संशोधनका लागि चिनियाँ दुतावासलाई कुटनीति नोट पठाएको थियो तर त्यसप्रति पनि कुनै सुनुवाई नभएपछि नेविसंघका नेताहरुले आज दुतावासकै अगाडिमा प्रदर्शन गरेको छ ।
नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर २०७७ मा संविधान संशोधन गरेर नयाँ नक्सा जारी गरेको थियो । त्यसमा भारतले असन्तुष्टि पनि जनाएको थियो तर नेपालले त्यसलाई नै आफ्नो नक्सा कायम राख्यो । तर चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको नक्सामा त्यो थपिएको चुच्चै भाग छैन । यसले पुष्टि हुन्छ कि नेपालले जारी गरेको नयाँ नक्सालाई चीनले मान्यता दिएको छैन । नेपालमा अहिले नेवि संघलगायत अन्य सरोकारबालाहरुले त्यसको विरोध गरिरहेको छ ।
तपाईको प्रतिक्रिया