उपेन्द्र कोची पुगेपछि नेपालमा प्रधानमन्त्रीको हल्ला

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव यतिखेर भारत भ्रमणमा हुनुहुन्छ । एउटा साथीको छोरीको विहेमा सहभागी हुन केरेलाको कोची जानु भएको पार्टीका नेताहरुबाट आधिकारिक कुरा सञ्चारमाध्यममा आए तर विहे कार्यक्रम सकेपछि पनि उपेन्द्र यादव भारतमा कहाँ हुनुहुन्छ के गरिरहनु भएको छ, कसैलाई कुनै कुराको जानकारी छैन । यसमा पार्टी पनि अन्नभिज्ञ छ ।
मानौ उपेन्द्र यादव भुमीगत नै हुनुभएको छ । हुन त गौर घटनाको फाइल सरकारले खोलेपछि भारतमा यसरी बिलिन भएपछि उपेन्द्र यादव भुमीगत भएको हो कि भने कुरा नेपालमा नचलेको होइन । जसपाका अध्यक्ष उपेन्द्र यादव यसरी चुपचाप बस्ने प्राणी होइन । राजनीतिमा २४ घण्टा चलायमान रहने उपेन्द्र यादव भारतमा गएर यसरी चुपचाप बस्नुले कुनै ठूलै कुराको संकेत गरेको विश्लेषण यहाँ नेपालमा भइरहेको छ ।
भदौं २१ गते नेपाल फर्किने पार्टीबाट नै आधिकारिक रुपमा जानकारी गराइएको छ । पार्टीको अध्यक्ष, देशको पूर्वउपप्रधानमन्त्री विदेशमा हुनुहुन्छ र उहाँले त्यहाँ के गरिरहनु भएको छ पार्टीले त्यो कुराको जानकारी नगराउनुले धेरै कुराको आशंका उब्जाएको छ । एउटा उच्च स्रोतले त जसपाका अध्यक्ष उपेन्द्र यादव आफू प्रधानमन्त्री बन्नका लागि भारतीय पक्षसँग कुरा मिलाउन त्यहाँ गृहकार्य गरिरहनु भएको दावी गरेको छ ।
उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउनका लागि एमालेले समर्थन गरिसकेको ‘ड्राफ’ नै लिएर दिल्ली जानुभएको नेपालमा चर्चा छ । तर जसपाका नेताहरु यो कुरामा मान्न तयार हुनुहुन्न । जसपाका एक नेता नेताले भन्नुभयो, ‘अध्यक्ष भारत विहेमा जानु भएको हो त्यही कुराको जानकारी हामीलाई दिनुभएको छ त्यसबाहेक अरु त्यहाँ के गर्नुहुुन्छ, कोसँग भेट्नु हुन्छ केही भन्नुएको छैन, म पनि तपाई जस्तै हो ।’
उपेन्द्र यादव भारत उड्नुअघि एमालेका सचिव रघुवीर महासेठको घरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गर्नुभएको थियो । त्यो भेट त्यतिबेला भएको थियो जतिबेला सरकारले गौर घटनाको फाइल खोली सकेको थियो । त्यति मात्र होइन, उपेन्द्र यादवले भारत जानुअघि नक्कली भुटानी शरणार्थी बेचबिखन गरेको आरोपमा जेलमा रहनु भएका काँग्रेसका नेता बालकृष्ण खाँणलाई समेत भेट्नु भएको छ । स्रोतका अनुसार भेटमा अध्यक्ष उपेन्द्र यादवले सिधै भन्नुभएको थियो, ‘चाइनाको गेम प्लानमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तपाईलाई फँसाउनु भएको हो ।’ खाँणलाई फँसाएको कुरा उहाँले त्यो भेटपछि दिनुभएको एक टीभी अन्तरवार्तामा पनि भन्नुएको थियो ।
एमालेसँगको भेटमा माओवादीले धेरै बदमासी गर्यो, अब काँग्रेसलाई साथमा लिएर हिड्नु पर्छ भनि सहमति गर्नुभएको स्रोतले दावी गरेको छ । यदि काँग्रेसले साथ दिएन भने राप्रपा, रास्वपालगायत साना दलहरुलाई मिलाएर अर्को सरकार बनाउने र त्यसको प्रधानमन्त्री उपेन्द्र यादव बन्नेसम्मको सहमति भएको नेपालमा चर्चा छ । सायद त्यहीं कुराको जानकारी पाएर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले डा.सिके राउत नेतृत्वको जनमत पार्टीलाई हतार हतारमा सरकारमा भित्र्याउनु भएको छ भने राप्रपालाई पनि प्रदेशदेखि केन्द्रसम्म स्थान दिने तयारीमा लाग्नु भएको छ । त्यस्तै अवस्था आयो भने उपेन्द्र यादवलाई दिएको दुईवटा मन्त्रालयमध्ये एउटा झिकेर राप्रपालाई पनि दिन सक्छ भनि चर्चा सिहंदरवारतिर व्यापक सुनिन्छ । पछिल्लो समय एमाले र राप्रपाको दुरी बढेको छ भने प्रचण्ड र राप्रपाको दुरी घटेको छ ।
(सहारा टाइम्स पत्रिकाबाट)

तपाईको प्रतिक्रिया