चिनियाँ राजदूत सोङ विरुद्ध मधेशमा प्रदर्शन

काठमाडौँ भदौं २२ गते । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्ध बारे दिनु भएको अभिव्यक्तिको विरुद्ध मधेशमा प्रदर्शन सुरु भएको छ ।
महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी, विनय यादव संयोजक रहेको राष्ट्रिय एकता अभियानलगायतका पार्टी तथा संघ संस्थाले मधेशलगायत काठमाडौँका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

गो ब्याक चेन सोङसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् । गत सोमवार एउटा कार्यक्रममा राजदूत सोङले भन्नुभएको थियो, ‘–‘नेपालले भारतलाई गत आर्थिक वर्षमा दश अर्बको विद्युत निर्यात ग¥यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत आयात ग¥यो । भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको छ । यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ ?’


लोसपाले महोत्तरी, जनकपुर, पर्सालगायतको जिल्लामा प्रदर्शन गर्दै भारत र नेपाललाई जोडेर दिएको अभिव्यक्त कुटनीति मार्यादा विपरित भएको बताएका छन् ।
लोसपाका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले पर्सामा भएको एक प्रदर्शन कार्यक्रममा चिनियाँ राजदुत चेन सोङले नेपाल र भारत बीचको आर्थिक सम्बन्ध लगायतको विषयमा दिनु भएको कुटनीतिक मर्यादा विपरित रहेको बताउनु भएको छ ।

एउटा सार्वभौमसत्ता सम्पन्न देशको बारेमा यस्तो विचार राख्नुलाई हेपहा प्रवृद्धि भनिन्छ र त्यो आपत्तिजनक रहेको भन्दै उहाँले कहिले एमसीसीको बारे त कहिले उर्जा त कहिले नेपाल भारतको साँस्कृतिक सम्बन्धको बारेमा अनावश्यक टिप्पणी गर्दै आएको दावी गर्दै नेता सोनलले राजदुत सोङलाई फिर्ता पठाउन सरकारसँग माग गर्नुभएको छ ।
अविलम्ब स्पष्टीकरण सोधी सम्बन्धित निकायले चीन सरकारसँग पहल गरि सोङलाई नसिहत दिइ फिर्ता पठाउनु उहाँले माग गर्नुभएको छ ।

कूटनीतिक मर्यादा विपरीत देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय एकता अभियान जनकपुरले प्रदर्शन गरी राजदुत सोङले दहन गरेको छ । राष्ट्रिय एकता अभियान जनकपुरका युवा प्रमुख अमित यादवको नेतृत्वमा जनकपुरको जनक चौकमा गरिएको बिरोध प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहीदैन, देश डूबाउन पाइदैन, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावादका नारा लगाएका थिए ।


प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै जनकपुर संयोजक मनीष पुर्बेले कूटनीतक मर्यादा विपरीत चिनियाँ राजदूतले नेपाल भारत सम्बन्ध बिगार्ने उद्देश्यले दिएको अभिव्यक्ति निन्दनीय रहेकोले चिनियाँ राजदूतलाई तत्काल देश निकाला गर्नु पर्ने बताउनु भएको छ ।

नेपाल भारत जल विद्युत समझौता सरकारले प्राथमिकतामा राखी गरेको र यसबाट नेपाललाई दीर्घकालीन उपलब्धि हुने भएकोले चीनलाई अपाच्य भएको र चीनले नेपाललाई आर्थिक रुपले ऋणमा फँसाई तिब्बत बनाउन खोजेको आरोप लगाउनु भएको छ ।

प्रदर्शनमा अभियानका संजीव झा, रामकरण साह, संजय यादव, गौतम झा, राजू कापर, अनुराग चौधरी, सुमित महरा, शिव नाथ साहलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया