काठमाडौँ असोज २३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव डढ साताको अमेरिका भ्रमण पुरा गरि नेपाल फर्किनु भएको छ ।
उहाँ साढ चार वजे फर्किनु भएको हो । एयरपोर्टमा उहाँलाई स्वागत गर्न पार्टीका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, प्रचार विभागका प्रमुख पूर्णबहादुर बस्नेतलगायतका नेताहरु एयरपोर्ट पुग्नु भएको थियो ।
अध्यक्ष यादव असोज १२ गते अमेरिकाको एशोसिएसन अफ नेपाली तराईयन अमेरिका (एन्टा) को सातौँ अधिवेशन कार्यक्रमको प्रमुख अतिथीको रुपमा त्यहाँ पुग्नु भएको थियो ।
उहाँ अन्टाका कार्यक्रममा सहभागी हुनुको साथै त्यहाँ रहेका संघ संस्थाले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो ।
तपाईको प्रतिक्रिया