सर्लाहीका एसपी र डिएसपी दुबै जनाबाट जनता असन्तुष्ट

सर्लाही, कात्तिक ११ गते । सर्लाही प्रहरी प्रमुख एसपी प्रविण धिताल र त्यहाँका प्रहरी प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले सर्लाहीमा प्रहरी आतङक मच्चाएको गुनासो जनस्तरबाट आउन थलेको छ ।
जनताका सेवक सम्झेर जन उत्तरदायी र परिणाममुखी काम गर्नुपर्नेमा पदीय दायित्व बिर्सेको गुनासो बढ्न थालेका छन् ।
एक स्थानीयका अनुसार आफूलाई जनता वा सेवाग्राहीको मालिक हैन सेवक सम्झेर आफ्नो काम सम्हाल्नु पर्छ । एसपी धिताल र डिएसपी थारुले आफ्नो शैलीमा परिवर्तन गरेमा सर्लाहीका जनताले उनीहरुको विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
एसपी धिताल सर्लाहीमा हाजिर भएको २ साता पनि बितेको छैन । तर अपराधको घटनाहरु शृङ्खलाबद्ध रुपमा बढिरहेको देखिन्छ ।
कात्तिक ७ गते राति ११ बजेको समयमा कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवमाथि गोली प्रहार गरिएको थियो । कसले, किन र केका लागि अध्यक्ष यादवमाथि गोली प्रहार गरेका थिए आजसम्म कुरा बाहिर आएको छैन ।
प्रहरीको लापरवाहीका कारण यो घटना भएको गुनासो स्थानीयहरुले गरिरहेका छन् ।
यस अघिका सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदी तालिममा सहभागी हुन चीन गएको बेला तत्कालीन निमित्त एसपीको जिम्मेवारी सम्हालेका डिएसपी दिपेन्द्र पंजियार थारुले सर्लाहीमा तस्कारहरुको बढावा दिएको स्रोतले दावी गरेको छ ।
तस्करहरुबाट उहाँले रकम असुल गरेको गुनासो भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०८० साउन ३१ गते बुधबारका दिन ४० जना प्रहरी कर्मचारीको आन्तरीक सरुवा गरेको थियो । त्यसमा पनि थारुले रकमको अनियमितता गरेको पनि स्रोतको दावी छ । नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय विपद अभिलेख तथा विश्लेषण शाखा, सामाखुसी काठमाडौमा दरबन्दी रहेका डिएसपी थारुको सर्लाहीमा केहि महिना नबित्दै पुनः नेपाल प्रहरी प्रधान कार्यालयले २०८० भदौ १५ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमै दरबन्दी कायम गरिदिएको थियो ।
तर डिएसपी कैलाश राइको साविक दरबन्दी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा रहेता पनि सोहि मितिमा निजलाई सर्लाहीबाट सरुवा गरि नेपाल प्रहरी प्रधान कार्यालय विशेष व्युरो उपत्यका सेक्टर नक्साल, काठमाडौ पठाइएको थियो ।

तपाईको प्रतिक्रिया