छठको दुई गीत सार्वजनिक

एउटा समय थियो, धार्मिक, सांस्कृतिक गतिविधिहरूमा भारतीय कलाकारहरूको गीतले ठाउँ लिएको थियो । भारतीय गायक गायिकाले गाएको गीत तराई÷मधेशका जिल्लाहरुमा गुञ्जिरहेको हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन । तराई मधेशमा पनि छठलगायत विभिन्न चाडपर्वका गीतहरु बन्न थालेका छन्, त्यहीका स्थानीय कलाकारहरुले सृजना गर्न थालेका छन् ।
अहिले स्थानीयस्तरमै आफ्नै भाषामा गीत रेकर्डिङ्ग गराउन कलाकारहरूबिच प्रतिस्पर्धा नै चलेको छ । केही कलाकारहरुले छठकै बीचमा स्थानीय कलाकारहरूले आफ्नै भेषभुषा, संस्कृति र भाषालाई उजागर गर्दै छठसम्बन्धी गीतहरु सार्वजनिक गरेका छन् ।
यसैबीचमा रविराज साहले गाउनुभएको दुईटा गीत हालै सार्वजनिक भएका छन् । ‘कौना घाटे औना जौना…..’ र ‘हे छठी मैया….’ गरी दुईटा गीत रविराज अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएका छन् ।
‘कौना घाटे औना जौना…..’ नामक गीत उमालाल यादवले लेख्नु भएको छ । त्यसमा स्वर रविराज साहले दिनुभएको छ । यो गीतमा छठको महिमा र परम्परालाई देखाइएको छ । तराईका विभिन्न ठाउँमा छठ कसरी मनाइन्छ त्यसको बारेमा जानकारी दिएका छन् । वीरगञ्ज, जनकपुरलगायतकका छठीघाटको महिमाको बारेमा त्यहाँ दृश्यांकन गरिएको छ । यो गीतमा रविराज साह, आश्विनी साही, अनिता यादव, सदाम हुसैनलगायतका कलकारले अभिनय गरेका छन् ।
त्यस्तै ‘हे छठी मैया….गीतका लेखक पूर्व सांसद नरेन्द्र साह हुनुहुन्छ । यो गीतले विवाहित नवजोडीले छठ कसरी मनाइन्छ । उनीहरुमा कस्तो उत्साह हुन्छ जस्ता कुराको सन्देश दिएको छ । यो गीत पनि रविराजले नै गाउनु भएको छ । यो गीतमा रविराज साह, आश्विनी साही, अनिता यादव, सदाम हुसैन, सरोज साह, मुख्तार अन्सारीलगायतले अभिनय गरेका छन् । सबरंग मल्टिमिडियाको प्रस्तुती रहेको यी दुवै गीतको निर्देशन सदाम हुसैनले गर्नुभएको छ भने स्पोन्सर नेपाल टेलिकम रहेको छ ।

तपाईको प्रतिक्रिया