Khadya Bibhag

अभियानको सर्लाही जिल्ला तदर्थ समिति गठन

सर्लाही मंसिर २४ गते । राष्ट्रिय एकता अभियानूले पूर्व जिल्ला विकास समिति सर्लाहीका सभापति तेजनारायण यादवको अध्यक्षतामा सर्लाहीूको जिल्ला तदर्थ समिती गठन गरिएको छ । संघीय हिन्दु गणतान्त्रिक देश स्थापनाका लागि कार्य गर्दै चिनियाँ विस्तारवाद र जिहादी अतिवादको विरुद्ध अभियान चलाउँदै आएको अभियानले आज सो समिति गठन गरेको हो ।

अभियानका संरक्षक पूर्व मंत्री रामचंद्र राय, केंद्रीय अध्यक्ष विनय यादव ऱ केंद्रीय सदस्य जीतेन्द्र दास लगायतका अभियन्ताको उपस्थितिमा भएको भेलाले गठन गरेको ११ सदस्यीय तदर्थ समितिको सचिवमा चन्दन सिंह, कोषाध्यक्षमा भगवान मिश्रलाई चयन गरिएको छ भने सदस्यमा सुरेश महतो सूडी, वीरेन्द्र यादव, राजगीर महतो, लालबाबु राय, रामवीर राय रहनु भएको छ ।

कार्यक्रममा वक्ताहरुले वर्तमानमा शासन सत्तामा रहेकाहरुको कर्तूतको कारण नेपाल आमाका सपुतहरुको संघर्ष र बलिदानले ल्याइएको संघीयता र गणतन्त्र बदनाम भइरहेकोले परिवर्तनकारी शक्तिहरू बेलामै सचेत भई अधिकांश नेपालीहरुको चाहना अनुसार नेपाललाई ूसंघीय हिन्दु गणतन्त्र नेपालू घोषणामा विलम्ब गर्न नहुने बताउनु भएको थियो ।

वक्ताहरुले संघीयता र गणतन्त्र प्रणालीलाई सुदृढ बनाउँदै राष्ट्रलाई बलियो बनाउन आम नागरिकलाई ूराष्ट्रिय एकता अभियानू मा गोलवन्द हुन समेत आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया