के के भए लोसपाको केन्द्रीय समितिको बैठकमा ?

काठमाडौं मंसिर २४ गते । लोकतन्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सकिएको छ । दुई दिनका लागि बोलाइएको बैठक आज एक दिनमा नै सम्पन्न गरेको छ ।

बैठकमा नौ बुँदे एजेण्डा प्रस्तुत गरिएको थियो । सो एजेण्डा सर्वसम्मतील पारित भएको लोकतान्त्रिक समाजवादी पार्टीमा उपमहासचिव सन्तोष मेहताले बताउनुभयो । राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गराउने निर्णय हुनुको साथै लेबि लगायतको विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

पुस दोस्रो साताभित्र मधेश प्रदेशमा जिल्ला अध्यक्षसहित विस्तारित केन्द्रीय समितिको बैठक बसाउने समेत निर्णय गरेको छ, त्यसका मिति चाँडै तय हुने लोसपाका सचिव मनिष मिश्रले बताउनुभयो । लेबी निर्धारणका लागि अध्ययन गर्न कार्यदल गठन गर्नुको साथै पार्टीको राजनीतिक कार्यदिशा सम्बन्धि प्रतिवेदन तयार पनि कार्यदल गठन गर्ने निर्णय गरेको उाहँले बताउनुभयो ।

पार्टीको संगठन सुदृढिकरण सम्बन्धि प्रतिवेदन तयार गर्न अर्को कार्यदल गठन तथा पार्टीको भातृ संगठन, विभागहरुको संख्या निर्धारण सम्बन्धमा पार्टीको विधान बमोजिम प्रतिवेदन तयार गरि इन्चार्ज सहइन्चार्ज तोक्न गृहकार्य गर्नका लागि कार्यदल गठन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । पार्टीको अन्तरिम विधान पुनरावलोकन गर्न पनि कार्यदल गठन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
कार्यदलका संयोजक तथा अन्य सदस्यहरुको नाम अध्यक्ष ठाकुरले चाँडै सार्वजनिक गर्ने सचिव मिश्रले बताउनुभयो ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरप्रति असन्तुष्टि जनाउँदै सो पार्टीका वरिष्ठ नेताद्धय राजेन्द्र महतो र अनिल झाले आजको केन्द्रीय समिति बैठक बहिष्कार गर्नुभएको थियो ।

वरिष्ठ नेता महतो बैठकमा नआउनुमा सबै नेताहरुले चिन्ता जाहेर गर्नुभएको थियो । पार्टीका वरिष्ठ नेता एवं श्रम मन्त्री शरतसिंह भण्डारीले पार्टीमा कुनै समस्या छ भने छलफल र संवादबाट समाधान गर्नुपर्ने थियो बाहिर हल्ला गरेर समाधान नहुने धारणा राख्नु भएको स्रोतले जनाएको छ ।

उहाँले पार्टीमा कुनै असन्तुष्टि छ भने बैठकमा आएर आफ्नो कुरा राख्न आग्रह गर्दै बहिष्कार गरेर समस्या समाधान नहुने बताउनुभयो । उहाँले भन्नुभयो, केन्द्रीय समितिमा अझै ९० जनालाई राख्ने ठाउँ बाँकी छन्, राखे भइहाल्यो नि यदि त्यसले पुगेन भने थप्न पनि मिल्ने, सबै असन्तुष्ट या चाहिने जतिलाई केन्द्रीय सदस्य बनाई दिए हुन्छ तर पार्टीको कुरा यसरी बाहिर ल्याउनु हुँदैन्थ्यो ।’

तपाईको प्रतिक्रिया