Khadya Bibhag

११ जना युवा नेता तालिमका लागि पुगे भारत

काठमाडौँ मंसिर २४ गते । लिडरसीपको तालिम लिनका लागि नेपालका ११ जना युवा नेता भारत गएका छन् ।
भारत दिल्लीका अवजर्ब रिसर्च फाउण्डेशन (ओआरएफ)ले उनीहरुलाई १० दिनसम्म तालिम दिइने बताइएको छ ।

स्वतन्त्र पार्टीका सहमहासचिव कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य क्रान्ति शिक्षा धिताल, जनमत पार्टीका उपाध्यक्ष दीपक साह, जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिस यादव, काँग्रेस पार्टीका केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा र केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य गोमा विष्ट, नेकपा एमालेका केन्द्रीय सदस्य सूर्यप्रसाद पाठक र सुनिता बराल, माओवादी केन्द्रका केन्द्रीय सदस्य अजयशंकार नायक र केन्द्रीय सदस्य रेनु चन्द भारत पुगेका छन् ।

ओआरएफ भारतीय सरकार निकट मानिन्छ । यो संस्थाले भारत सरकारका लागि आर्थिक, समाजिक, राजनीतिक विषयमा अध्ययन अनुसन्धान गरेर दिन्छन् । यो संस्थामा भारतका ठूला ठूला अर्थशास्त्री र नीति निर्माताको सहभागिता रहेका छन् ।

तपाईको प्रतिक्रिया