Khadya Bibhag

जसपा कार्यकारिणी समितिको बैठक आज बस्ने

काठमाडौँ मंसिर २५ गते । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
बालकुमारीस्थित पार्टीको केन्द्रीय कर्यालयमा ११ बजेदेखि बस्ने बैठकमा राष्ट्रिय सभाको चुनावमा, तीन महिने अभियान, केन्द्रीय समितिको बैठकलगायतका विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय सभाको चुनाव माघ १९ गते हुन लागेको हो । हालसम्म भागबण्डाको आधारमा जसपाले एउटा सीट पाउने भएको छ । जसपाले दुई सीटमा दावी गर्दै आइरहेको छ ।
त्यस्तै, जसपाले तीन महिने अभियान सम्पन्न गरी एक महिना बढी गइरहेको छ । अभियानको समय थप्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया